म्यानचेस्टर सिटी च्याम्पियन्स लिग अन्तरगत समुह डीको शीर्ष स्थनमा

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग अन्तरगत समुह डीको शीर्ष स्थनमा

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २३ मंसिर ।  

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको समुह डीको शीर्ष स्थनमा पुगेको छ । गएराति सम्पन्न समुह डी अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले बोरुसिया मानचेङग्लोबाचलाई ४–२ ले पराजित गर्यो ।

खेलको १६ औं मिनेटमा डेभिड सिल्भाले गोल गर्दै म्यानचेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा मानचेङग्लोबाचका जुलियान कार्बले बराबरी गोल फर्काए ।

४२ औं मिनेटमा काइटानो डी अराउजुले गोल गरेपछि पहिलो हाफमा मानचेङग्लोबाच २–१ ले अघि रह्यो । रहिम स्टर्लिङले ७९ र ८१ औं मिनेटमा गरी दुई गोल गरेपछि सिटीले ३–२ को अग्रता लियो । ८५ औं मिनेटमा विलफ्रेड बोनीले गोल गर्दै सिटीलाई ४–२ को जित दिलाए ।

अन्तिम १६ मा स्थान बनाएको सिटी १२ अंक सहित समुह डीको शीर्ष स्थानमा उक्लिएको छ । डी अन्तर्गत कै गएराति सम्पन्न खेलमा सेभिल्लाले युभेन्टसलाई १–० ले पराजित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी