घरबाट निकालिएकी महिलाले सडकमै जन्माइन् छोरा

घरबाट निकालिएकी महिलाले सडकमै जन्माइन् छोरा

  • मङ्लबार, मंसिर २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

सुनसरी, मंसिर २१ ।  महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुनसरीको सुनापुर गाविसबाट घरबाट निकाला गरेकी एक महिलाले धरानको सडकमा आज छोरा जन्माएकी छिन् ।
आज विहान वडा प्रहरी कार्यालय अगाडिको सडकमा सोनापुरकी समिरा देवीले सडकमा सुत्केरी भएर छोरा जन्माएपछि स्थानीय महिला र धरान प्रहरीले उनको उद्धार गरी बिपी प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ ।
श्रीमान र घरका अन्य सदस्यले हेला गरेपछि घरबाट निकालिएको पिडित महिलाले बताएकी छिन् ।
सडकमा अलपत्र अवस्थामा नवजात शिसु सहित रहेकी समिरा देबीलाई स्थानिय महिलाले कपडा दिएर बच्चाको हेराचाह गरी प्रतिष्ठान भर्ना गरेका छन् ।
घरबाट निकालिएर सडकमा सुत्केरी भएकी समिराको वारेमा प्रहरीले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदम कुमार सिजापतीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी