जाजरकोटका अधिंकाश विद्यार्थी बाकस बोकेर पढाइ खर्च जुटाउँदै

जाजरकोटका अधिंकाश विद्यार्थी बाकस बोकेर पढाइ खर्च जुटाउँदै

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ,१७ मंसिर ।

जाजरकोटका अधिकांश बालबालिकाले शुक्रबार र शनिबार खोटो सङ्कलन गर्ने र बाकस बोकेर पढाइ खर्च जुटाउने गरेका छन ।

आर्थिक अवस्था कमजोर भएका जिल्लाको खगेनकोट, ढिमे र लहँ गाविसका सयाँै विद्यार्थी खोटो सङ्कलन गर्ने बाकसका भाडा बोकेर रकमको जोहो गर्न थालेका हुन ।

ति तीनवटा गाविसमा बङ्गलामुखी र सूर्यमुखी कम्पनीले खोटो सङ्कलन गरिरहेका छन् । प्रतिबाकस बोकेबापत रु आठ रुपैयाँ पाइने र त्यसलाई जम्मा गरेर पढाइ खर्च चलाउने गरेको पञ्च भयार मावि खगेनकोट–७ जिकुवामा कक्षा ६ मा पढ्ने धनवीर चदाराले बताए ।

खगेनकोटका अधिकांश दलित बालबालिका शुक्रबार र शनिबार बाकस बोक्न रुकुमको राडीमा पुग्ने र करिब चार घन्टाको उकालो बाटो खोटो सङ्कलन गर्ने खाली बाकस बोकेर मन्सिरी, लुपाना, काडाँलुपाना, भर गाउँ भई रकम बुझेर फर्कने गरेको स्थानिय प्रेम मल्लले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी