काठमाण्डौ,१२ मंसिर ।
गोरखा भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको नेपालको पहिलो चिनियाँ इँटा उत्पादन गर्ने भक्तपुर इँटा तथा टायल उद्योग प्रालि सञ्चालनमा अर्थ मन्त्रालयले चासो नदिँदा ५०० मजदुर बेरोजगार भएका छन ।
दुई सय पचास रोपनी क्षेत्रफलमा फैलिएको सो उद्योग सरकारले निजीकरण गरेपछि नेपाल सरकारसँग २०६० साल पुस २२ गतेदेखि वार्षिक रु ४० लाख भाडा तिर्दै सञ्चालनमा आएकामा उद्योग वैशाख १२ गतेको भूकम्पपछि भने पूर्णरुपमा बन्द भएको छ ।
उद्योग बन्द भएसँगै उद्योगमा कार्यरत स्थायी, अस्थायी तथा करारमा रहेका ५०० मजदुर बेरोजगार भएको उद्योग प्रालिका प्रबन्ध सञ्चालक दुर्गाप्रसाद मल्लले जानकारी दिनुभयो ।
चीन सरकारले २०३२ सालमा ६५ मि लामो प्रदूषणरहित होफ्मिन सिस्टम (ज्याबल पद्धति)मा निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको सो उद्योग सरकारले सञ्चालन गर्दा घाटामा गएर बन्द भएपछि निजीकरण गरी भाडामा सञ्चालन गर्न दिइएको थियो ।
सरकारले निजीकरण गरेको देशभरका उद्योगमध्ये सबभन्दा राम्रोसँग सञ्ंचालनमा आइरहेको र वार्षिक रु चार करोड राजस्व सरकारलाई बुझाउँदै आएकामा यस वर्ष भने सरकारकै कमजोरीका कारण सञ्ंचालनमै अन्यौल देखिएको छ ।