काठमाण्डौ,५ मंसिर ।
पर्वतको शङ्करपोखरी गाविसमा रहेको आयुर्वे्दिक औषधालय विगत सात वर्षदेखि प्रमुखविहीन बनेको छ ।
कार्यालयमा कार्यरत कविराज हरिप्रसाद पौडेल बिना जानकारी सात वर्षदेखि अनुपस्थित भएपछि औषधालय प्रमुखविहीन बनेको हो ।
कार्यालय प्रमुख कविराज बागलुङ बजारमा औषधि पसल सञ्चालन गरेर बस्दै आएपछि औषधालय प्रमुखविहीन बनेको कर्मचारीको भनाइ छ । पौडेल महिनामा एक दिन कार्यालयमा उपस्थित हुने र महिनाभरीको हाजिर गरेर तलब भने बुझ्ने गरेको खुलासा भएको छ ।
कार्यालयका वैद्य राजु पौडेलले बागलुङमा व्यवसाय गरेर बसेका कारणले कार्यालयमा उपस्थिति नजनाउने गरेको बताउनुभयो । अहिले औषधालय वैद्य पौडेल र दुई कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline