बटलरको शतकसँगै इंग्ल्याण्डद्धारा पाकिस्तान पराजित

बटलरको शतकसँगै इंग्ल्याण्डद्धारा पाकिस्तान पराजित

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, ५ मंसिर ।

जोस बटलरको कीर्तिमान शतकसँगै इंग्ल्याण्डले पाकिस्तानविरुद्धको चौथो एकदिवसीय क्रिकेट ८४ रनले जितेको छ । साथै उसले चार म्याचको सिरिज ३–१ ले जितेको छ ।

अबुधाबीमा विकेठ किपर ब्याट्सम्यान बटलरले ४६ बलमा शतक पुरा गरे, जुन इंग्ल्याण्डको वनडेमा फास्टेस्ट शतक हो । यसअघि उनले २०१४ मा श्रीलंकाविरुद्ध ६१ बलमा शतक बनाएका थिए ।

उनको अविजित ११६ रनको मदतमा इंग्ल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर ३३५ रन बनायो ।

ओपनर जेसन रोयले पनि शतक पुरा गरे । उनले १०२ रन बनाए भने जोए रुटले ७१ रन जोडे ।

जवाफमा मैदान उत्रिएको पाकिस्तान ४०.४ ओभरमा २७१ रन जोड्दा अलआउट भयो । उसका लागि बाबर आजमले ५१ र शोएब मल्लिकले ५२ रन बनाए भने अजहर अलीले ४४ रन जोडे ।

मोइन अली र आदिल रसिदले ३–३ तथा डेभिड विलीले २ विकेट लिए । बटलर प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज घोषित भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी