विद्यालयको निम्ती काम गर्न पुराना शिक्षक विद्यार्थीलाई संगठित गर्दै

विद्यालयको निम्ती काम गर्न पुराना शिक्षक विद्यार्थीलाई संगठित गर्दै

  • मङ्लबार, मंसिर १, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

मंसिर १ सल्यान 
सल्यानको उत्तर पश्चिममा पर्ने श्री जनता उमावि रागेचौरमा विद्यालको वृहत्तर विकास तथा उन्नतिका लागि अध्ययन अध्यापन गरेका विद्यार्थी तथा शिक्षकलाई समेटी भूपु शिक्षक विद्यार्थी संघ गठन गरिएको छ ।
विव्यस अध्यक्ष इन्द्रराज शर्माको अध्यक्षतामा भएको भेलाले भू.पु. विद्यार्थी तथा पत्रकार डिल्लीराज रावतको संयोजकत्वमा १७ सदस्यीय भूपु शिक्षक विद्यार्थी संघ, श्री जनता उमावि रागेचौर गठन गरेको छ । समितीका अन्य पदाधिकारीमा तारा बहादुर राना, लोकेन्द आचार्य, रमेश बुढाथोकी, मोहलाल चन्द, भूपेन्द्र कुमार राना, मदनलाल केसी, हेमराज शाही, लाल बहादुर रावत, इन्द्र राज शर्मा, लोकेन्द्र सिंह राठौर, नन्दराम भारती, मोहलाल रावत, गोविन्द चन्द, मान बहादुर राना, शेरनाथ योगी रहेका छन भने विद्यालयका प्राचार्य अमृत बुढाथोकीलाई सदस्य सचिवको रुपमा समितीमा राखिएको छ ।
तिहारको अवसरमा सेवाक्षेत्रका बासिन्दालाई भेला गरि गरिएको कार्यक्रममा विद्यालयको स्थापनाकालका विद्यार्थी तथा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा राप्ती उपव्यूरो इन्चार्ज मोहलाल चन्द आधारले विद्यालय स्थापना कालको अनभुतिजन्य मन्तव्य राखेका थिए । विद्यालय निर्माणका लागि आफुहरुले मर्मको इख्राबाट काठ र थागल बोकेको अनी स्वीकोटको राइरा भल्चौरको तक्मारा सम्म आर्थिक संकलनका लागि डुलेको र मर्मखोलाका ढुंगाहरु बोकेर गाह्रा लगाएको अनुभव सुनाएका थिए । अहिले विद्यालयमा सोलार जोडिएको देख्दा आफुलाई गर्वले भावुक बनाएको बताएका थिए ।
साथै उनले विद्यालय निर्माणका लागि त्यतिबेलाका शिक्षकहरु पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह, बुद्धि प्रकाश शर्मा लगायतलाई पनि भूपु शिक्षक विद्यार्थी संघमा आवद्ध गर्नुपर्ने बताएका थिए ।
मर्मपरिकाँडा गाविसमा पर्ने उक्त विद्यालयले सल्यानको उत्तर पश्चिमका बासिन्दालाई शिक्षित बनाउन महत्वुर्ण भूमिका निर्वाह गरेको थियो । सल्यानको बन्गाड देखि भल्चौर हुदै जिमाली सम्मको भुभागका विद्यार्थीले अध्ययन गरेको विद्यालय जनता उमावि रागेचौरमा २०३८ सालमा बनेको सल्यानको पुरानो मावि पनि हो । जसबेला सल्यानमा खलंगा, दमाचौर, लगायतका ठाउँमा मात्रै माध्यामिक तहको पढाइ हुने गर्दथ्यो । सल्यानको उत्तरमा रहेको फारुला क्याम्पस र पश्चिममा रहेको बन्गाड क्याम्पस भन्दा अगाडि माध्यमिक स्तरको पढाई सुरु भएको विद्यालयबाट स्थापना कालदेखि औसतमा बर्षेनी एक सय भन्दा बढि विद्यार्थीले माध्यमिक तहको पढाई पुरा गर्छन । अहिले सम्म उक्त विद्यालयमा अध्ययन अध्यापन गरेका शिक्षक विद्यार्थीहरु २ हजार भन्दा बढि रहेका छन ।
भेलाले लगतै जनता उमावि रागेचौरको प्रांगणमा नै वृहत भेला गरि सबैलाई समेटेर भूपु शिक्षक विद्यार्थीलाई सदस्यता वितरण गर्ने र जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गर्ने पनि निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी