जन्मदिने आमाको आफनै छोराद्धारा हत्या

जन्मदिने आमाको आफनै छोराद्धारा हत्या

  • मङ्लबार, मंसिर १, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

महोत्तरी १ मङ्सिर/ परपुरुषसँग अवैध सम्बन्ध रहेको भन्दै आफनै आमाको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको हतिसर्वा गाविस– ६ बस्ने १८ वर्षीय युवक मोतिराम महरा रहेको जिल्ला प्रहरी कार्यलय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
युवक महराले मेघनाथ गोरहन्ना गाविस– ७ का विद्या पासवानसँग आफनी आमाको अवैध सम्बन्ध रहेको र अवैध क्रियाकलापमा संलग्न रहेकै अवस्थामा उनले आफनी आमा ४५ वर्षीया रामकुमारी देवी र परपुरुष विद्या पासवानलाई गत शनिबार राति मारेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।
सोमबार साँझ आफनो गाउँमै लुकिरहेको अवस्थामा प्रहरीले युवक महरालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिप्रका महोत्तरीले जनाएको छ ।
गत आइतबार बिहान ९ बजेको समयमा प्रहरीले मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा विद्या पासवान र रामकुमारी देवीको घाँटी र हातखुट्टामा डोरीले बाँधेर मारिएको अवस्थामा शव बरामद गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी