भारत र वेलायतको वक्तव्यप्रति नेपालको आपत्ति

भारत र वेलायतको वक्तव्यप्रति नेपालको आपत्ति

  • सोमवार, कार्तिक ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

कार्तिक ३० काठमाण्डौं । भारत र बेलायतले नेपालको सविधान अपूर्ण रहेको अर्थ लाग्ने गरी वक्तव्य दिएको प्रति नेपालले आपत्ति जनाएको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालको सविधान पूर्ण र समावेशी रहेको भन्दै बक्तव्य प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
हेर्नुस वक्तव्य जस्ताको तस्तै :

Spokesperson’s Statement on Reference to Nepal made in A Joint Statement between the UK and India

NOV 15, 2015

Attention of the Government of Nepal has been drawn to the reference to Nepal made in a recent Joint Statement between the UK and India.

Nepal has been able to promulgate a new democratic and inclusive constitution through an elected Constituent Assembly after a rigorous democratic exercise of about eight years. The promulgation of the new constitution marks the conclusion of the nationally-driven peace process initiated in 2006 and also institutionalizes significant democratic gains and aspirations of the people including federal and republican system.

Nepal respects the international community’s support and goodwill for peace, stability and prosperity. However, Nepal strongly views that the constitution making is an internal matter of the country and Nepal is capable of handling its internal affairs on its own.

Office of the Spokesperson

Ministry of Foreign Affairs

Kathmandu

November 15, 2015

बेलायत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले जारी गरेको विज्ञप्तिमा नेपालको सविधान बारे अपूर्ण रहेको भन्दै समावेशी हुनु पर्ने जनाईएको थियो । हेर्नुस तल:

The two Prime Ministers stressed the importance of a lasting a inclusive constitutional settlement in Nepal that will address the remaining area of concern and promote political stability and economic growth. They hoped the National Reconstruction Authority beings to functions as soon as possible to facilitate post-earthquake reconstruction.”

यसैबीच नेपालका युवा तथा वुद्धीजीवीहरुले बेलायत र भारतको उक्त चासो हस्तक्षेपकै एक नमुना भएको भन्दै विरोध जनाएका छन् । बेलायतमा मोदी विरुद्ध सयौ नेपालीले गरेको प्रदर्शन पछि रुष्ट भारतले बेलायतलाई समेत प्रभावमा पारेर त्यस्तो वक्तव्य दिन बाध्य पारेको उनीहरुको बुझाई छ ।
सामाजि सञ्जाल मार्फत बेलायत र भारतका लागि नेपाली युवाहरुले रगत बगाएर गुण लगाएको भन्दै नेपालमाथि गरेको हस्तक्षेप मान्य नहुने युवाहरुले मान्य नहुने चेतावनी दिएका छन् ।

जलस्रोत क्षेत्र जोगाउनु पर्ने भन्दै सक्रिय युवा अभियान्ता रतन भण्डारी सामाजिक सञ्जाल मार्फत यस्तो धारणा व्यक्त गर्छन् :
नेपालमाथि हस्तक्षेपकारी भारतीय नीतिको बेलायतदारा भएको अनुमोदनको घोर विरोध गरौँ !

नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी भारतीय नीतिको बेलायतदारा भएको अनुमोदनको घोर विरोध गरौँ !
बेलायतको दास भारत र भारतको मालिक बेलायतले मोदीको बेलायत भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा नेपालको संविधान समावेशी बनाउन जोड दिएको बुँदा समावेश गरेकोकोमा भारतीय हस्तक्षेपलाई बेलायतले समेत साथ दिएकोमा घोर आपत्ति प्रकट गरौँ । नेपालको संविधान कस्तो बनाउने र हुने भन्ने कुरा सार्वभौम नेपाली जनताले निर्णय गर्ने विषय भएकोले भारतीय र बेलायती संयुक्त विज्ञप्तिमा राखिएको उक्त बुँदा खारेजीका लागि दुबै देशका लैनचौरस्थित दूताबासमा विरोधप्रदर्शनमा उत्रिऔँ । 
   त्यसै गरी  एशियाली अध्ययन तथा अनुसन्धान केन्द्रका महासचिव कृष्ण कुमार श्रेष्ठले बेलायत नेपालमा क्रिश्चियन धर्मको प्रभाव चाहने र भारत आफ्नो अनुकुल सरकार बनाएर नेपालको जलस्रोत र प्राकृतिक स्रोत माथि नियन्त्रण राख्न चोहेकाले यो दृष्टिकोण आएको भन्दै आपत्ति जनाएका छन् ।
सरकारले भारतको यस्तो अभियान र गतिविधिको शसक्त भण्डाफोर गर्नु पर्ने श्रेष्ठको सुझाव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी