जातिय भेदभाव बिरुद्धको ऐन आएपछि अछाममा पहिलो पटक मुद्धा दर्ता 

जातिय भेदभाव बिरुद्धको ऐन आएपछि अछाममा पहिलो पटक मुद्धा दर्ता 

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

अछाम, २४ कार्तीक  ।
अछाममा जातिय भेदभाव बिरुद्धको ऐन आएपछिको पहिलो मुद्धा दर्ता भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ६ निवासी बिर्ख बिकले सोही ठाउँका बेदप्रसाद भण्डारीका नाममा दिनुभएको जातिय छुवाछुत बिरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछाममा पहिलो पटक जातिय भेदभाव बिरुद्धको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक डिएसपी दिलीपसिंह देउवाले जिल्ला प्रहरी कार्यालयमा जातिय भेदभाव बिरुद्धको मुद्धा पहिलो पटक दर्ता भएको जानकारी दिनुभयो ।

यद्यपी दोषी अझै पक्राउ नपरेको उहाँले बताउनुभायो । पिडीत बिकका अनुसार आफुलाई भण्डारीले परम्परागत रुपमा आफ्नो घरको काम गर्नु पर्ने भन्दै दवाव दिने गर्दैआएका छन् ।

बाबु बाजेले गर्दै आएको आरन व्यवसाय गर्नु पर्ने, काठ दाउरा लगायत घरको काम गर्नु पर्ने भन्दै उनले निरन्तर दवाव दिने गरेकाले अन्याय सहन नसकि बिकले प्रहरीमा ऐन आएपछिको.उजुरी दिएका हुन् ।

जातिय भेदभाव बिरुद्धको ऐन आई सक्दा पनि अझै दलितहरु कथित उपल्लो जातका ब्राम्हणहरुबाट हेपिनुपरेको बताउँदै उहाँले आफु एक सचेत नागरिक भएर पनि यस्तो पीडा खेप्नु परेको गुनासो गनुभयो ।

आफुलाई बाबुबजेले गर्दै आएको काम तिमीले पनि गर्नु पर्छ होईन भने यहाँ बस्न पाउँदैनउ भन्दै पिडकले बारम्बार धम्काउने गरेको पनि उनले बताए ।

लामो समय देखिको संघर्ष पछि आफु सफल भएको बिकाले बताए । उहाँको मुद्धा अधिबक्तत खड्क खड्काले हेर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी