तीन महिनादेखि बन्द सिरहाका विद्यालय सञ्चालन

तीन महिनादेखि बन्द सिरहाका विद्यालय सञ्चालन

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

लहान, २४ कात्तिक ।

संयुक्त मधेसी मोर्चाको आमहडतालका कारण करिब तीन महिनादेखि बन्द रहेका सिरहाका विद्यालय सञ्चालन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा भएको राजनीतिक दल, आन्दोलनरत पक्ष, स्थानीय प्रशासन, शिक्षक र अधिकारकर्मीलगायतको सर्वपक्षीय छलफलमा जिल्लाका विद्यालय सञ्चालनमा अवरोध नगर्ने सहमतिपश्चात् जिल्लाभरिका विद्यालय सञ्चालन भएका हुन् ।

आमहडतालका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुनुका साथै बालबालिकामा मनोवैज्ञानिक असर परेको भन्दै केही दिनअघि भएको सर्वपक्षीय छलफलमा पठनपाठन सञ्चालन गर्ने सहमति भएको थियो ।

लामो आमहडतालका कारण लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेकाले विद्यालय सञ्चालन गरेको नेपाल शिक्षक सङ्गठनका प्रमोदकुमार यादवले जानकारी दिनुभयो । जिल्लाभरिका विद्यालय सञ्चालन भए पनि विद्यालयमा विद्यार्थीको उपस्थिति कम रहेको उहाँले बताउनुभयो ।

यता संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्ताले विद्यार्थीको भविष्यलाई ख्याल गरी विद्यालय सञ्चालन गर्न दिन सहमत भएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी