नेपाली नागरिकता बनाउने गिरोहका दुई भारतीय सहित पाच पक्राउ

नेपाली नागरिकता बनाउने गिरोहका दुई भारतीय सहित पाच पक्राउ

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

सप्तरी ,२३ कार्तिक ।

कीर्ते गरी नेपाली नागरिकता बनाउने दुई भारतीय सहित पाच जनालाई सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भई हाल बुटवल– १३ बस्ने २२ वर्षीय सञ्जीव मियाँ र भारतको उत्तर प्रदेश सिद्धार्थनगर घर भई बुटवल–३ बस्ने अकबर साह र राजविराज– ५ बस्ने ५२ वर्षीय वकिल झा, कुसहा गाविस–९ बस्ने ५९ वर्षीय राजेन्द्रप्रसाद चौधरी, तिलाठी गाविस–३ बस्ने ५५ वर्षीय चादुचन्द्र मिश्रा छन् ।

राजविराज–४ स्थित दीप साजन लजमा नागरिकता लिने र नागरिकता बनाउने व्यक्तिहरुबीच कुराकानी भइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई सोही लजबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक भीम ढकालले बताउनु भयो ।

उनीहरुका साथबाट नेपाली नागरिकता बनाउन प्रयोग हुने कार्ड, जिल्ला प्रशासन कार्यालय सप्तरीको छाप, प्रशासकीय अधिकृतको छाप, रजिस्टरलगायतका कागजात तथा सामग्रीसहित पक्राउ गरिएको बताइएको छ ।

प्रहरीले भारतीय नागरिक अकबर साहको नागरिकता झा, चौधरी र मिश्राले बनाइरहेको अवस्थामा उनीहरु रङ्गेहात पक्राउ परेको जनाएको छ ।
सञ्जीव मियाँले यसअघि २०७० सालमै आफ्नोसहित भाइ जमशेर मियाँको नाममा यही गिरोहबाट रु ५० हजार तिरेर नागरिकता लिएको खुलेको प्रहरी उपरीक्षक ढकालले बताए । सञ्जीवकै साथ लागेर अकबर नागरिकता बनाउन राजविराज आएको र रु ६० हजारमा कुरा भई रु १५ हजार वकिल झालाई दिएको प्रहरीले जनाएको छ ।

यस्तो कीर्ते नागरिकता बनाउने प्रमुख व्यक्तिको पहिचान भइसकेको र उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले अभियुक्तहरुले गरेको कार्य कीर्ते नागरिकता, ठगी तथा सरकारी छाप दस्तखत कीर्ते आकर्षित हुने हुँदा सोही मुद्दामा थप अनुसन्धान कार्य सुरु गरिएको बताउँदै यो कार्यमा सरकारी कर्मचारीको पनि संलग्नता भएको हुनसक्ने भन्दै छानबिन सुरु गरिएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी