कार्तिक २० काठमाण्डौं ।
भारतले मधेश आन्दोलन राजनीतिक भएको र नेपालकै कारण नाकामा समस्या भएको जस्तो सुकै बहाना बनाएको भए पनि उसले सप्तकोशी उच्च बाध, पञ्जेश्वर, गण्डकी जस्ता आयोजना आफूले लिएर स्रोतको प्रयोग गर्न पाए सबै समस्या समाधान हुने भनेर बार्गेनिङ गरीरहेको खुलासा भएको छ ।
यस सम्बन्धि थप सूचना आउन बॉकी रहेको छ ।
भारतले अनौपचारीक रुपमा विभिन्न दुत र प्रतिनिधि मार्फत यस्तो प्रस्ताव गरे पनि तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गरेको बुझिएको छ ।
उच्च स्रोतको दावी अनुसार यदी यही सरकारले ती स्वार्थहरुमा सम्झौता गरेमा नाका खोलिदिने र मधेश आन्दोलन फिर्ता गराउने नभए सत्तारुढ दल एमाओवादी, राप्रपा र एमाले भित्रै पनि कन्भिन्स गराउन विभिन्न तह परिचालन गरी सरकार परिवर्तन गराएर भए पनि त्यस्तो वातावरण बनाउने रणनीतिमा भारत रहेको छ ।
साथै अब भारतलाई त्यस्तो आयोजना दिन नहुनेमा एमाले भित्रैबाट पनि प्रधानमन्त्री ओलीलाई कार्यकर्ताहरुले सुझाव दिईरहेका छन् ।
ईन्धन लगायतका विषयमा समस्या पर्यो भन्दै समाधानका नाममा भारतलाई सप्तकोशी उच्च बाध जस्ता आयोजना दिदा नेपाल समस्यामा पर्ने भन्दै यस्तो आयोजना दिन नहुनेमा धेरैको सुझाव रही आएको छ ।
सप्तकोशी उच्च बाध र माथिल्लो कर्णाली भारतले चाहेको छ ।
त्यसको पानी तथा बिजुलीले भारतमा ठूलो टेवा पुग्नेभएकाले भारतले मधेश आन्दोलनलाई आड बनाएर त्यस्तो बार्गेनिङ गरीरहनु गंभीर भएको विज्ञहरुले बताएका छन् ।