धनुषामा एमबिबिएसका नक्कली परीक्षार्थी पक्राउ

धनुषामा एमबिबिएसका नक्कली परीक्षार्थी पक्राउ

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

महेन्द्रनगर (धनुषा), १७ कात्तिक । धनुषामा एमबिबिएसको पुरक परीक्षामा परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैया जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा चलिरहेको परीक्षामा भाइको ठाउँमा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी भारत मधुवनीका २५ वर्षका मोहम्मद अफताव आलम आज पक्राउ परेको प्रहरीले जनाएको छ ।

अफताव अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक हरिहर ढकालले जानकारी दिनुभयो । परीक्षा सुरु भएको २० मिनेटमै अफतावले उत्तरपुस्तिका बुझाएपछि शङ्का लागेर छानविन गर्दा नक्कली परीक्षार्थी भन्ने थाहा भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी