बिर्तामोड । मालपोत कार्यालय झापाका कर्मचारीले मोटो रकम घुस लिएर नक्सामा बाटो भएको थाहाँ हुदाँ हुदै राजिनामा पास गरिदिएको खुलासा भएको छ ।
चारपाने–२ को कोलस्टोर नजिकको ३ कठ्ठा १२ धुर बाटो दशैँ बिदाँ हुने अन्तिम दिन पास गरिदिएका हुन् । श्रोतका अनुसार समिर बस्नेतको नाममा बाटोलाई कित्ता नम्बर ५२८० बनाएर बिर्तामोडका मुन्ना गुप्तालाई १३ लाखमा राजिनामा पास गराएका हुन् । बिर्तामोडका ब्यापारि लालबाबु बिहारीले अर्का देव ठकुरीसँग मिलेर गुप्तालाई ठगेको पीडित गुप्ताले बताएका छन् ।
उनले आफ्नो रकम फिर्काइदिन सम्बन्धित सबैमा आग्रह गरे । मालपोत कार्यालय झापाका एक कर्मचारीका अनुसार बुझिनसक्नु कार्यालय भएकाले सबैखाले हुने–नहुने काम हुनेगरेको उल्लेख गरे । उनले तत्कालका लागी समाचार नबनाइदिन आग्रह समेत गरेका हुन् ।
कसले गरायो बाटो पास ्?
बिर्तामोड स्थित कोलस्टोर नजिकको सो बाटो पास गराउनमा मालपोतका कर्मचारी सँग राम्रो सम्बन्ध बनाएका देव ठकुरीको भुमिका महत्वपुर्ण छ । मोटो रकम घुस खुवाएर काम गरेको एक कर्मचारीले स्कारेका छन् ।
मालपोतका तर्फबाट बिर्तामोडको कोलस्टोर क्षेत्र हेर्ने जिम्मा कर्मचारी दाताराम घिमिरेलाई दिइएको छ । घिमिरेले नै सो काम गरेको हुनुपर्ने अर्का कर्मचारीले नाम नभन्ने सर्तमा बताएका छन् ।
को हुन् ठकुरी ?
बिर्तामोड आसपासका जग्गाको दलाली सम्म गरेर समिर बस्नेतसँग पार्टनरमा बसेर काम गर्ने देव ठकुरी बंङ्गलादेसी नागरीक हुन् । केही समय अघि नेपाल आएर नेपाली युवतीसँग बिवाह गरे ठकुरीले । बिवाह गर्नुको मुख्य उदेस्य नागरिकता बनाउनु थियो ।
उनका एक साथीले दिएको जानकारी अनुसार जिल्ला प्रसासन कार्यालयमा मोटो रकम समेत खुवाएर उनले नागरिकता बनाए पनि श्रीमतिसँग झगडा परेपछि नागरिकता खारेजीको माग गर्दै श्रीमतिले नै उजुरी दिएपछि नागरिकता खारेजि भएको थियो । बिर्तामोडमा बसेर करोडौँको चलखेल गरिरहेका ठकुरीलाई सम्बन्धीत निकायले कारवाही गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।