किन रोकियो राष्ट्रिय गौरवको आयोजना ?

किन रोकियो राष्ट्रिय गौरवको आयोजना ?

  • शनिबार, कार्तिक १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ,१४ कात्तिक ।

पेट्रोलियम पदार्थको अभावका कारण निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य ठप्प भएको छ ।

इन्धन अभावले निर्माण सामग्रीको ढुवानी गर्न कठिनाइ भएको र निर्माणमा प्रयोग हुने स्काभेटरलगायत इक्विपमेन्टसमेत चल्न नसकेपछि डेढ महिनादेखि आयोजनाको काम रोकिएको आयोजनाका इन्जिनियर कृष्णबहादुर विष्टले जानकारी दिनुभयो ।

कैलाली जिल्लाको पूर्वी क्षेत्रमा विसं २०६६ देखि निर्माणाधीन यो आयोजनाको हालसम्म ४० प्रतिशत काम पूरा भइसकेको छ । कर्णाली नदी मुहान भएको यो आयोजनाको अहिलेसम्म इन्टेक निर्माण पूरा भएको छ ।

मूल नहरको माटो खन्ने करिब ७५ प्रतिशत काम पनि पूरा भएको छ । यस्तै एक हजार ३०० मि लामो पक्की नहर बनाउनु पर्नेमा अहिलेसम्म ठाउँठाउँमा गरी करिब पाँच सय मि नहर पक्की गर्ने काम पूरा भइसकेको छ ।

इन्टेक निर्माणका साथै मूल नहर र जलविद्युत् आयोजना निर्माण कार्य नेपाल सरकारको लगानीमा भइरहेको छ । अन्य काममा विश्व बैंकको अनुदान र ऋण सहयोग रहेको बताइएको छ ।

मूल नहर निर्माणको दोस्रो प्याकेजअन्तर्गत निर्माण हुने विद्युत् आयोजना चार दशमलव ८८ मेगावाट क्षमताको रहेको छ । सिओ र टुडी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीका साथै जापानको मारुसिन सिताका निर्माण कम्पनी निर्माणमा संलग्न छन् ।

सन् २०१७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनाको पहिलो प्याकेजअन्तर्गतका संरचनाको काम करिब रु तीन अर्ब १८ करोडमा निर्माण भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी