बन्दका कारण ठप्प विद्यालय सुचारु गराउन सरोकारवाला पहलमा

बन्दका कारण ठप्प विद्यालय सुचारु गराउन सरोकारवाला पहलमा

  • शनिबार, कार्तिक १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

मोरङ , १४ कात्तिक ।

संयुक्त मधेसी मोर्चाले गरेको बन्द हडतालका कारण विद्यालय प्रत्यक्षरुपमा प्रभावित भएको भन्दै सुचारु गर्न मोरङका सरोकारवालाहरु पहलमा जुटेका छन ।

‘विद्यालय तथा बालबालिका शान्ति क्षेत्र हुन्’ भन्ने मूल नाराका साथ बालबालिका शान्तिक्षेत्र संरक्षण अभियानको आयोजनामा भएको छलफल कार्यक्रममा मोरङमा बन्द हडतालले संस्थागत तथा सामुदायिक विद्यालयका बालबालिकाको शैक्षिक अधिकार प्राप्तिका लागि पहल थालिएकोे हो ।

निरन्तर अढाइ महिनाको बन्दले शैक्षिक कार्य तालिकामा असर पर्नुका साथै किताबको पाठ्यक्रम समयमा पूरा नभई वार्षिक परीक्षामा समेत असर हुने भएकाले बन्दकर्तालाई विद्यालयको पठनपाठन सुचारु गर्न आग्रह गरिएको छ ।

छलफलमा शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबै सरोकारवालालाई एकै थलोमा राखेर अन्तक्र्रियाको माध्यमबाट विद्यालय खुलाउन तथा पठनपाठनमा सुचारु गराउनेसम्बन्धी छलफल गरी निकास निकाल्ने निर्णय भएको छ ।

उक्त छलफलमा युनिसेफ फिल्ड अफिस विराटनगर, प्लान नेपाल, वल्र्ड्भिजन इन्टरनेसनल, इन्सेक विराटनगर, सिविन हेल्प लाइन, फरेन विराटनगर, प्याब्सन मोरङलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी