लम्की, कात्र्तिक १२ ।
सनातन धर्मको जगेनार्, संस्कृति संरक्षण तथा युवाहरुलाई सतमार्गमा हिडाउने उद्देश्यले कैलालीको लम्कीमा पहिलो पटक प्राथमिक शिक्षा वर्गको आयोजना गरिने भएको छ ।
सतमार्ग अभियान नेपालको आयोजनामा यहि कार्तिक १९ गते देखि शुरु हुने कार्यक्रम २४ गते सम्म सञ्चालन हुने अभियान नेपालका राष्ट्रिय कार्यकारीणि सदस्य कमल प्रसाद जोशीले जानकारी दिनु भएको छ ।
सनातन धर्मको जगेर्ना संस्कृति संरक्षण तथा युवाहरुलाई धार्मिक आस्थाका साथ सतमार्गमा हिडाउने उद्देश्यले आयोजना गरीन लागिएको प्राथमिक शिक्षा तालिममा करीब ३ सय जना सहभागि हुने बताइएको छ । लम्की स्थति जेसिज हलमा आयोजना हुने सो तालिममा १५ बर्ष माथिका , न्युनतम योग्यता ८ कक्षा पास गरेका युवा युवतिले सहभागिता जनाउन सक्ने छन ।
तालिममा सहभागिलाई संबिधान बिद् भिमार्जुन आचार्य, राजनितिक बिश्लेश्क सौरभ, सतमार्ग अभियान नेपालका राष्ट्रिय संगठन महामत्रि खेमनाथ आचार्य, हिन्दु अभियान्ता शंकर पाण्डे, खुम बहादुर खड्का, जय प्रकाश गुरागाई, राष्ट्रिय बौद्धिक प्रमुख जनार्दन घिमिरे, विश्व हिन्दु परिषद् नेपालका संगठन महामन्त्री तथा नेपाल प्रमुख स्नेहपाल सिंह लगाएतका बिशिष्ट ब्यक्तिहरुले प्रशिक्षण दिनु हुने छ ।