एउटै गाउँमा पाँच करोडको तरकारी उत्पादन

एउटै गाउँमा पाँच करोडको तरकारी उत्पादन

  • बुधबार, कार्तिक ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

पर्बत ,११ कात्तिक ।

पर्वतको सल्यानस्थीत एउटै वडाका किसानहरुले व्यवसायिक तरकारी खेती गरेर वर्षेनी करोडौँ रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् । करिव एक हजार रोपनीमा फैलिएको जमिनमा यहाँका तीन सय बढी परिवारले तरकारी खेतीबाट मात्रै वार्षिक रु पाँच करोड आम्दानी गर्न सफल भएका हुन् ।

बीस वर्ष अघिदेखि धौलागिरिमै पहिलो पटक व्यवसायिकरुपमा बेमौषमी तरकारी खेती सुरु गरेका यहाँका किसानले उत्पादन गरेको तरकारीले बाग्लुङ, म्याग्दी र पर्वतको माग धानेको छ । तराई बन्द र भारतीय नाकाबन्दीको असरले मुलुकका विभिन्न जिल्लामा तरकारीको मुल्य आकासिएका बेला यहाँको उत्पादनले यी तीनै जिल्लामा तरकारीको मुल्य बढ्नुको सट्टा घटेको छ ।

तराइ बन्द र नाकाबन्दीका कारण गोलभेँडा, घिरौँलालगायतका तरकारीको मुल्य सस्तिएपछि यहाँका अधिकाँश किसान बिऊ उत्पादनमा लागेका छन् । गाउँका अधिकाँश किसान अहिले धान, गहुँ, मकैलगायतका खाद्यान्न बाली छोडेर तरकारी खेतीमा लागेका छन् ।

खाद्यबालीको तुलनामा तरकारीबाट दसौंँ गुणा बढी आम्दानी हुने भएपछि वडाभरी रहेका करिव तीन सय परिवार सबै तरकारीमा लागेका हुन् । वरिष्ठ कृषि विकास अधिकृत बासुदेब रेग्मीका अनुसार कार्यालयले पछिल्लो समय किसानहरुका लागि प्राविधिक तथा आर्थिक सहयोग गर्दै आइरहेको छ । युवा किसानलाई लक्षित गरी कार्यालयले गतवर्षदेखि कृषि बिमा र यूवा स्वरोजगार कार्यक्रममार्फत सहयोग गर्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी