प्रेमको तस्विर भित्र चन्द्रा चाम्लिङ

प्रेमको तस्विर भित्र चन्द्रा चाम्लिङ

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

गजल आफैमा प्रेम र प्रेमिका विच हुने दोहोरो कुराकानीमा आधारित हुन्छ । अर्काे अर्थमा गजल नेपाली साहित्यको गाजलको रुपमा चित्रण हुदै गएको पाईन्छ ।

नेपाली गजल इतिहासमा मोतिराम भट्टदेखि हालको पुस्तासम्म आईपुग्दा हरेक मानिसहरुको मन मस्थिक्सको रुपमा विकास भएको पाईन्छ ।

त्यसो त नेपाली साहित्यको विकासक्रमलाई सरसर्ति हेर्ने हो भने साहित्य भन्ने वित्तिकै गजल हो भन्ने नेपाली जनमानसमा आगन्तुक झै बनिरहेको पाईन्छ । यसरी गजलको विकास र नेपाली साहित्यकारहरुको चासो लाई हेर्दा बार्षिक गजल संग्रहहरुको उत्पती क्रमिकरुपमा बढोत्तरी भएको पाईन्छ ।

यसै सन्दर्भमा पछिल्लो पुस्ताको गजलकारहरुमा धेरैको नाम जोडिएर आउछ । त्यस मध्ये नेपाली गजलको वर्तमान स्थितिलाई मध्येनजर गर्ने हो भने चन्द्रा राई र उनको कृति प्रेमको तस्विर सबै सामू जोडिएर आउछ ।

उनले यस कृतिमा अधिकासं प्रेम र विछोड अनि देश भक्ती भावना रहेको पाईन्छ । नेपाली गजलमा प्रेमको मात्र होईन । देश भक्ति भावन पनि यसै गजल संग्रहरुमा रहेको पाईन्छ ।

समालेर राख्नु पर्छ यो देशको माटोलाई ।
अमृत सरी चाख्नु पर्छ यो देशको आटोलाई ।।

एकजुट हौं नेपालको सम्पूर्ण ए जनता हो,
शान्ति समृद्धि पार्नु पर्छ यो देशको फाटोलाई ।

यीनै गजलको शेयरहरुले देशभक्ति भावना रहेको स्पष्ट पार्छ । गजलको नियम र गजलको भावहरु अनि गजलको विम्वहरुमा तालमेल रहेको यो संग्रहमा पाईन्छ ।

यस संग्रहमा ६२ ओटा गजलहरु रहेकोमा अधिकांस प्रेमसंग सम्वन्धीत रहेको पाईन्छ । भने अर्काे तर्फ यसको आभूषणनै सवाल जवाफ रहेको छ ।

चन्द्रा–

जिन्दगीको कथा आज लेखु लेखु लाग्यो ।
दिल भन्छ तिमीलाई देखु देखु लाग्यो ।।

इन्द्र नाराथुङ्गे–

डर लाग्छ कतै टाढा हुने हौ कि तिमी,
त्यसैले त तिम्रो बाटो छेकु छेकु लाग्यो ।

गजलमा यर्थाथ परक भन्दा नि विल्कुल भावनामा ओत प्रोत भएर पनि गजल देखिन्छ । सायद यो गजलको हरेक शव्दले प्रेममा उनीएको जन्जार रहेको पाईन्छ ।

संखुवासभाको धुपु ५ मा जन्मीएकी गजलकार चन्द्रा चाम्लिङको धेरै सामाजिक संघ÷संस्थाहरुमा आबद्धता रहेको पाईन्छ ।

अन्ततः प्रेमको तस्विर एक पटक नहेरी नहुने जीवन्त भोगाईले बताउछ । त्यसैले प्रणयको प्रतिक प्रेमको तस्विरलाई मेरो साहितिक सलाम् छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी