काठमाडौं, २ कार्तिक ।
दशैंका लागि पोखरामा करिब १६ हजार भेडा, च्याङ्ग्राा भित्रिएका छन् ।
मुस्ताङ, डोल्पा, मुगु, तिब्बतबाट ३० करोड बराबरका भेडा च्याङ्ग्रा पोखरा ल्याएको व्यवसायीहरुले बताएका छन् ।
गत वर्ष भन्दा १ हजार बढी भेडा, च्याङ्ग्रा पोखरामा भित्र्याइएको हो । हिमाली भेगमा पाइने जडिबुटी खाएर हुर्केको भेडा, च्याङ्ग्राको माग बढी हुने गर्दछ ।
दशैंको बेलामा पोखरा आसपासका क्षेत्रमा मात्रै करिब ३० करोड रुपैयाँ बराबरको भेडा, च्याङ्ग्राको कारोबार हुने गर्दछ ।
यस बर्ष मुस्ताङ लगायतका बिभिन्न क्षेत्रबाट ल्याइएका च्याङ्ग्राको मुल्य १८ हजार देखि २५ हजारसम्म रहेको व्यापारीहरु बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline