रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

  • आइतवार, कार्तिक १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, १ कार्तिक ।

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा लेभान्टेलाई ३–० ले हराएको रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो । २७ औं मिनेटमा मार्सेलोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३० औ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियलको अग्रता दोब्बर पारेपछि ८१ औं मिनेटमा जेसेले गरेको गोलबाटे मड्रिड ३–० ले विजयी भयो । जितपछि शीर्ष स्थानमा उक्लिएको रियल मड्रिडको ८ खेलबाट १८ अंक भएको छ ।

गएतरातिको खेलमा एक गोल गरेका क्रिष्टियानो रोनाल्डो औपचारीक रुपमा रियल मड्रिडका सर्वा्धिक गोलकर्ता बनेका छन् । उनले लेभान्टे विरुद्ध गरेको गोल रियलका लागि गरेको तीन सय २४ औं गोल हो ।

सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल गएका रोनाल्डोले मात्रै तीन सय १० खेलबाट तीन सय २४ गोल गरेका हुन् ।

यसअघि सर्वा्धिक गोलकर्तारहेका राउलको कीर्तिमानमा बराबरी गरेका रोनाल्डोले ३ सय २४ औं गोल गरेपछि औपचारीक रुपमा राउलको कीर्तिमान तोड्दै सर्वा्धिक गोलकर्ता बनेका हुन् ।

सन् १९९४ देखि २०१० सम्म रियलमा रहेका राउलले सात सय ४१ खेलबाट रियलका लागि ३ सय २३ गोलगरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी