असोज ३० ताप्लेजुङ
देशमा संविधान जारी भएसँगै किरात मूलबासी स्वतन्त्र लिम्बुवान नामक कहिल्यै नसुनिएको संगठनद्धारा विभिन्न स्थानमा चन्दा आतंक तथा संगठित आपराधिक कृयाकलापमा संलग्न भई सर्बसाधारण जनतालाई दुःख दिएको सूचनाका आधारमा प्रहरीले ताप्लेजुङ सान्थाक्रा–७ की कुमारी लिम्बू सहित विभिन्न हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
इखाबुको जोरपानी चौरी खर्कको जंगललाई केन्द्र बनाएर आपराधिक कृयाकलाप गरिरहेको सुराकीको आधारमा असोज २१ गते प्रहरीको टोलीले असोज २९ गते बिहान ४ः३० बजे सो समुहमा संलग्न सान्थाक्रा–७ की कुमारी लिम्बू सहित विभिन्न हतियार बरामद गरेको छ । बरामद गरिएको हतियार, भरुवा बन्दुक ४ थान, पेस्तोल २ थान, पाईप बम ३ थान, बोल्ने कला पुस्तक १ थान, भण्डा, पर्चा, दस्तावेज, लेटरप्याड, परिचय पत्र, तार जडित चाईनीज टर्च १ थान सहति किरात मूलबासी स्वतन्त्र लिम्बुवान, केन्द्रीय समिति उल्लेख भएको पर्चा समेत बरामद गरिएको प्रहरीले बताएको छ ।
विभिन्न १० ओटा मुद्धामा अभियूक्त प्रहरीको मोष्ट वान्टेटमा रहेका इखाबु निवासी हाराङ भनिने देउमान तथा विशम्बर लाबुङ समुहले विभिन्न स्थानमा रहेका अवैध हतियार नियन्त्रणमा लिएको र हतियार देखाई विभिन्न स्थानमा चन्दा अतंक, चोरी, डकैती, अपहरण, लुटपाट, धम्की र हातहतियार तथा विष्फोटक पदार्थ संकलन गरिरहेको साथै भारतको सिक्किम र पूर्वका विभिन्न स्थानमा रही आपराधिक कृयाकलाप गरेको प्रहरीको आरोप छ ।
शसस्त्र समुहले स्थानीय जनजीवनमा त्रास फैलाउने, जबरजस्ती आफ्नो समुहमा संलग्न गराउने, अलौँची संकलन गरी किसानलाई दुःख दिने गरेको र इखाबुको जोरपानी चौरी खर्कको जंगललाई केन्द्र बनाएर आपराधिक कृयाकलाप गरिरहेको सुराकीको आधारमा असोज २१ गते प्रहरीको टोली त्यस तर्फ गएको थियो ।
