‘रनवे मोडल २०१५ शु्क्रबार हुदै

‘रनवे मोडल २०१५ शु्क्रबार हुदै

  • बिहिबार, अशोज २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

२८ असोज काठमाडौ । मोडलिङ संस्था रनवे नेपालले आगामी शुक्रबार अर्थात असोज २९ राजधानीमा आयोजना गर्न लागेको ‘रनवे मोडल २०१५’का स्पर्धीहरुले मंगलबार मिस ट्यालेन्ट उपाधिका लागि आ–आप्नो प्रतिभा प्रस्तुत गरेका छन् । अन्तराष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश् यबोकेको प्रतियोगिताको सबै प्रतिस्पर्धी युवायुवतीले नया“ बानेश्वेरस्थित सेल्फडेभलपमेन्टमा आयोजित ट्यालेण्ट शोमा आपूm भित्र लुकेको प्रतिभा प्रदर्शन गरेका हुन् ।


सहभागी प्रतियोगीले लोक तथा आधुनिक नृत्य, गायन प्रतिभा, अभिनय, वक्तृत्वकला, उद्घोषण, चित्रकलालगायत विभिन्न बिधामा आफुमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगीले बेष्ट फिगर ,ट्यालेन्ट उपाधिका लागी आफुमा रहेको प्रतिभा देखाएर निर्णायकको मन जित्ने प्रयास गरेका हुन् । ट्यालेन्ट शोमा अभिनेता तथा मोडल प्रवेश गिरी ,फेसन कोरियोग्राफर सुजल जंग केसी , ‘मिस राजधानी २०१५’को बिजेता भुमिका खड्का र ‘मिस्टर राजधानी २०१५’का विजेता पियुस कर्ण निर्णायक रहेका थिए ।


बिभिन्न चरणको अडिसनबाट छानिएका २५ युवा तथा २५ युवती अन्तिम प्रतियोगीतामा उत्रिने तयारीमा छन् । अन्तराष्ट्रिय रनवे, व्यक्तित्व विकास, आरजे, भिजे, स्टेज पफमेन्स, व्यक्तित्व विकास, कम्युनिकेसन डेभलपमेन्ट, फोटो तथा भिडियो सुट ट्रेनिङलगायतका विषयका बिभिन्न प्रशिक्षणबाट सबै प्रतियोगी अन्तिम स्पर्धाका लागी खारिएका छन् ।
‘महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ जगतमा नया“ आयाम थप्ने उद्देश्य ‘रनवे मोडल २०१५’आयोजना गरिएको आयोजक संस्था रनवे नेपालकी अध्यक्ष चा“दनी लामिछानेले बताइन् । ‘फेसन र मोडलिङ जगतमा विगत १० वर्षदेखि कोरियोग्राफरको भूमिका निर्वाह गर्दै आएकी लामिछानेले आफूले हासिल गरेको अनुभव प्रतियोगिता मार्फत् पोख्न लागेको सुनाइन् । अवसरको खोजीमा रहेका नेपाली महिला तथा पुरुषलाई प्रतियोगिताले उचित अवसरको सिर्जना गरेको लामिछानेको भनाइ रहेको छ ।
प्रतियोगीतामा पुरुष तथा महिला दुबै तर्फ मूख्य उपाधिका साथ फस्ट, सेकेण्ड र थर्ड रनरअपसँगै मिस क्याटवक, मिस पर्सनालिटी, व्युटिफुल स्कीन, बेष्ट स्कीन, मिस व्युटीफुल, मिस ट्यालेण्ट, बिभिन्न दर्जन विधामा विजेता घोषित गरिनेछ । प्रतियोगिताका शीर्ष विजेताले पचास हजार नगदसहित चलचित्र ,म्युजिक भिडियो, विज्ञापन, चलचित्र अभिनय अवसरका अलवा विभिन्न अन्य उपहार जित्न सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी