विद्यार्थीहरुद्धारा महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी

विद्यार्थीहरुद्धारा महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

दाङ, २७ असोज ।

दाङका विभिन्न विद्यार्थी संगठनहरुले महेन्द्र बहुमुखी क्याम्पसमा तालावन्दी गरेका छन ।

विप्लव निकट अखिल क्रान्तिकारी, वैद्य निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुले क्याम्पस प्रमुखको कार्यकक्षमा आज विहान तालावन्दी गरेका हुन ।

क्याम्पसमा आवश्यक शिक्षकको कोटा निर्धारण भन्दा बढी नियुक्ती गर्न खोजेको र शैक्षिक योग्यता अनुसार नभई राजनैतिक भागवण्डाको हुन थालेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गरेको विप्लव निकट अखिल क्रान्तिकारी दाङका अध्यक्ष प्रकाश शाहीले जानकारी दिनुभयो ।

३ जना प्राध्यापकको कोटा भएपनि ४ जना राख्ने प्रक्रिया थालेको भन्दै त्यसको विरुद्धमा अनिश्चितकालिन तालावन्दी गरिएको उहाँले वताउनुभयो ।

तोकिएको कोटा अनुसार प्राध्यापक नियुक्ति नगरिदासम्म आफुहरुले ताला नखोल्ने विद्यार्थी संगठनहरुको माग छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी