ताप्लेजुङ, २६ असोज /
ताप्लेजुङको साघु स्थित सनराईज क्लबले पहिरो प्रभावित दुई सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
गत जेठ २७ र २९ गते गएको पहिरोबाट प्रभावित ति विद्यार्थीलाई क्लबले दोभान वजार बाट हालै एक कार्यक्रमका विच शैक्षिक सामाग्री बितरण गरेको हो ।
प्रभाबित प्रत्येक बिद्यार्थीलाई १ थान झोला, ५ थान कलम, १ दर्जन पेन्सिल, १० थान कपि बितरण गरिएको सनराईज क्लबका सदस्य डिल्लीराम भण्डारीले बताएका छन् ।
सोही कार्यक्रम मार्फत ताप्लेजुङका ४ वटा प्राथमिक बिद्यालयलाई पनि शैक्षिक सामग्री प्रदान गरिएको छ ।
प्रत्येक प्राथमिक विद्यालयलाई ५ थान ह्वाइट बोर्ड, ५ थान मार्कर, ५ थान डस्टर र ५ सय मिलिलिटर मसी बितरण गरिएको छ ।
जसमा थोपेहाङ प्राबि लिबाङ, नबज्योति प्राबि खोक्लिङ, सुनखानी प्राबि खोक्लिङ र कृष्ण प्राबि थिङलाबु रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline