ललितपुर ,२६ काठमाण्डौ ।
ट्राफिक प्रहरीहरुका लागी ललितपुरको सातदोवाटोमा ६ आना जग्गामा चार तले भवन बन्ने भएको छ ।
सातदोवाटो चोकमा ट्राफिक प्रहरीको नाममा रहेको १५ आना तीन पैसा जग्गामा करिव दुई करोड लागतमा पार्किङ सहितको चार तले निर्माण हुनेभएको हो ।
एक बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष राखिएको सो भवनको मंगलवार एक कार्यक्रमकाबीच ट्राफिक प्रहरी महाशाखा प्रमुख जयबहादुर चन्दले सिल्यान्यास गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै गर्दै चन्दले जन सहभागीताबाट निर्मित यस्ता भवनले जनउत्तरदाइत्व, र ट्राफिक प्रहरी र जनताको सम्बन्ध अझै प्रगाढ र उदाहरणीय बनेको बताउनुभयो ।
कार्यक्रममा सभासद उमेश श्रेष्ठ , कनक मणि दीक्षित , सुमेरु ग्रुप्स प्रालीका अध्यक्ष संगै भवन निर्माण समितिका संयोजक भरत महर्जनले नव निर्मित भवन बारे आआफ्नो बिचार राख्नु भएको थियो ।
सो भवन निर्माण सम्पन्न भएपछि ट्राफिक व्यावस्थापन देखि लिएर सबै काम कार्वाहि त्यहिबाट हुने भवन निर्माणका परिकल्पनाकार ललितपुर ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरिक्षक सिताराम हाच्छेथुले बताउनु भयो ।
ललितपुर जिल्ला भरका सबै सेवाहरु हाल रामशाहपथ बाट हुनेगरेको सम्पूर्ण काम कारवाही सोहि भवनबाट हुदा व्यावसथनमा पनि सहज हुने उहाले बताउनु भयो ।
हाच्छेथुले ठुला हलहरु बनाउने त्यसमा मिटिङ हल , प्रतिक्षालय ,लाईसेन्स हेर्ने ,ट्राफिकलाई बस्ने सुत्ने सबै मिल्ने गरी भवन निर्माण गर्ने तयारी गरेको बताउनु भयो ।
भवन निर्मााणका लागी करिब १ करोड ९० लाख लागत लाग्ने जनाउदै हाच्छेथुले सबैबाट सहयोग उठाएर सो रकम जुताउने बताउनु भयो ।
यस अघि जनसहभागिता बाट नै निरिक्षेक हाच्छेथुको अगुवाईमा कालिमाटी ,कोटेश्वोर र दरवार मार्गमा पनि ट्राफिक प्रहरी भवन निर्माण सम्पन्न भईसकेका छन् । फोटो: बुद्धशरण शाहि


