दाङमा मह उत्पादन घट्दै

दाङमा मह उत्पादन घट्दै

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाण्डौ ,२५ असोज ।

महको लागि उर्वर मानिने दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ । जिल्लामा पछिल्लो समयमा माहुरीको गोलामा वृद्धि भए पनि मह उत्पादन घटेको छ ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कबाट मह उत्पादन घटेको देखिएको छ । कार्यालयका बाली संरक्षण अधिकृत पीताम्बर बस्नेतका अनुसार जिल्लामा आव २०६९÷७० मा छ हजार ८७० माहुरीका गोला रहेका थिए ।
ती गोलाबाट २१५ मेट्रिक टन मह उत्पादन भएको थियो । त्यसैगरी आव २०७०÷७१ मा सात हजार १०२ गोला रहेका थिए । जसबाट २२२ मेट्रिक टन मह उत्पादन भएको थियो । त्यसैगरी आव २०७१÷७२ मा सात हजार ६५२ गोला रहेकामा २३४ मेट्रिक टन मह उत्पादन भएको थियो ।

तर, प्रतिघारको उत्पादनका दृष्टिले भने आव २०६९÷७० मा ३१.२९ प्रतिघार वार्षिक उत्पादन भएको थियो । त्यसैगरी आव २०७०÷७१ मा ३१.२५ प्रतिघार तथा आव २०७१÷७२ मा ३०.६४ प्रतिघार वार्षिक रुपमा उत्पादन भएको थियो । यो आँकडाले महको उत्पादन भने घट्दै गएको देखिन्छ ।

मह उत्पादन घट्नुको कारण जिल्लामा चरन क्षेत्रको अभाव र आवश्यक औजारको उपलब्धता नहुनु रहेको कृषि कार्यालयले जनाएको छ । पछिल्लो समयमा तोरी खेती हुने क्षेत्र घट्दै जानुले मुख्य भूमिका खेलेको बाली संरक्षण अधिकृत बस्नेतले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी