भारतीय व्यापारीबाट नेपाली उपभोक्ता ठगिँदै

भारतीय व्यापारीबाट नेपाली उपभोक्ता ठगिँदै

  • बुधबार, अशोज २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

जनकपुरधाम, २० असोज ।

सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ता त्यहाँका व्यापारीबाट ठगिँदै आएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय मधेसी मोर्चाले गरेको बन्दका कारण भारतीय रुपैयाँको अभावका कारण सीमावर्ती जयनगर, बासोपट्टि, हरिने, हरिलाखी, उमगाव, मधवापुरलगायतका बजारका व्यापारीले किनमेल गर्न जाने नेपाली उपभोक्ताबाट बढी नेपाली रुपैयाँ लिने गरेको पाइएको छ ।

सीमावर्ती भारतीय बजार हरिनेमा गएका नेपालीले एकसय भारतीय रुपैयाँका लागि १८० नेपाली तिर्नुपरेको गुनासो गर्दै राम चौकका दिलीप केजरीवाल भन्नुभयो – “भारतीय रुपैयाँको अभावका कारण त्यहाँका व्यापारीले सर्वसाधारणलाई ठग्दै आइरहेका छन् ।”

भारतीय रुपैयाँको अभावबारे राखिएको जिज्ञासामा नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक मुकुन्द महतले अहिले भारुको अभाव रहेको र अति आवश्यक पर्ने बिरामीलगायतकालाई भारु उपलब्ध गराउँदै आएको बताउनुभयो ।

मोर्चाको आन्दोलनका कारण सीमावर्ती क्षेत्रमा रहेका नेपाली प्रहरी चौकी हटाइएकाले केही सातायता अत्यधिक रुपमा तस्करी समेत बढेको देखिएको छ । बन्दको मौका छोपी स्थानीय व्यापारीले सीमावर्ती भारतीय बजारबाट पेट्रोल ल्याएर बढी मूल्यमा बिक्री गर्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी