कक्षा १२ को परीक्षाफल प्रकाशित

कक्षा १२ को परीक्षाफल प्रकाशित

  • बुधबार, अशोज २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

भक्तपुर, २० असोज । उच्च माध्यामिक शिक्षा परिषद्ले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।

मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायका गरी परीक्षामा नियमिततर्फ एक लाख ६१ हजार ४५८ परीक्षार्थी सहभागी भएकामा ६४ हजार ५६७ जना अर्थात् ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताउनुभयो ।

त्यसैगरी आंशिकतर्फ एक लाख २९ हजार ८०० परीक्षार्थीले परीक्षा दिएकामा ४१ हजार ९२६ अर्थात ३२.५० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नियमितर्फ दुई जना र आंशिकतर्फ ११ को परीक्षाफल स्थगित गरिएको छ भने नियमिततर्फ १२१ जना र अंशिकतर्फ १०८ को नतिजा स्थगित गरिएको छ ।

परिषद्ले एक विषयमा अनुत्तीर्ण हुने परीक्षार्थीका लागि आगामी कात्तिक २१ शनिबार मौका परीक्षाको व्यवस्था गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी