सल्यानमा मानव वेचविखनको आरोपमा ३ जना पक्राउ

सल्यानमा मानव वेचविखनको आरोपमा ३ जना पक्राउ

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

असोज १९ सल्यान

संविधान तथा सिमांकनको विरोधमा भएका बन्द र नाकाबन्दिका कारण सल्यानका २ युवती वेचिनबाट जोगिएका छन । शिवरथ २ लौरावाङ्गकी १६ बर्षिया सर्मिला (नाम परिवर्तन) र २५ बर्षिया सीता (नाम परिवर्तन) लाई विवाह गरिदिने बहानामा भारतको बम्बई पुर्याउन बनाइएको एक गिरोहको योजना विफल भएको छ ।

उनिहरुलाई वेचविखन गर्न प्रयास गरेको आरोपमा सल्यान प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सल्यानको शिवरथ १ की मनकली वि.क., दाङ्ग तुलसीपुर नगरपालिका ६ गणेशपुरका श्याम पुन र उनकी श्रीमती निलम पुनलाई शिवरथको बाँगेलाखुरीमा रहेको प्रहरी चौकीले पक्राउ गरेको हो । घटनामा संलग्न रहेका ज्याङ्गो भनेर चिनिने घोराही नगरपालिकाका अर्जुन नेपाली फरार रहेका छन ।

उनिहरुले सीतालाई भाद्र १९ देखि असोज ९ दिन सम्म विवाहको बहानामा कहिले रोल्पा, दाङ्ग हुदै काठमान्डौं सम्म बेपत्ता बनाएका थिए भने सर्मिलालाई भाद्र १८ देखि असोज १३ सम्म दाङ्गको गणेशपुरमा रहेको श्याम पुनको कोठामा राखेको उनका आफन्तले जनाएका छन उनिहरुले दुबैलाई ज्याङ्गो संग विहे गराइ दिने बताएका थिए । तुलसीपुरका पुन दम्पत्तीको दिदी सासु पर्ने सल्यान शिवरथकी मनकली वि.क.लाई सोधपुछका लागि वाङ्गेलाखुरी चौकी बोलाएपछी आरोपी २ दम्पतीलाई पनि पक्रन सहज भएको चौकी इन्चार्ज मदन सिंह धामीले जनाएका छन ।

उनिहरु दुवैजनालाई विवाहको प्रलोभनमा पारि शिवरथकी मनकली वि.क.ले मानव वेचविखन गर्ने गिरोहसंग भेटाएपछि उनिहरुले विवाह गरिदिने अनी भारतको बम्बईमा व्यूटिपार्लरमा काम लगाइदिने, गाँउको जस्तो दुःख गर्नु नपर्ने भन्दै फकाएर भारत लिने तयारी गरिरहेका थिए । विभिन्न समूहको बन्द र नाकाबन्दीका कारण उनिहरुालाई नेपालका विभिन्न ठाँउमा घुमाउदै बसाइएको थियो ।

आफुलाई बेच्न लागेको थाहा पाएपछि उनिहरु आफै भागेर आफन्तको सम्पर्कमा पुगेका थिए । पिडितको आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले प्रलोभनमा पार्ने गाँउकी मनकलीलाई पक्रेपछी घटना सर्वजनीक भएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी