कुर्सीका कारण बिद्यार्थीको पढाई चौपट

कुर्सीका कारण बिद्यार्थीको पढाई चौपट

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

१८ असोज , इलाम ।

सिक्ने र सिकाउने थलोको रुपमा रहेको विद्यालयका शिक्षकहरु नै कुर्सिको लागि नेताले झैं तँछाडमछाड गर्न थालेपछि शान्तिपुर उच्च माध्यमिक विद्यालयका विद्यार्थीको पढाई डामाडोल भएको भएको छ ।

इलाम जिल्लाको दक्षिणी गाविस शान्तिपुरको एकमात्र उच्च माध्यमिक विद्यालयमा पूर्वप्राचार्य चन्द्र लकान्द्रीले प्रयोग गर्दै आएको कुर्सीमा नयाँ नियुक्त भएका प्राचार्य होमबहादुर तामाङ्ग बस्न नमानेको भन्दै विवाद बढेपछि विद्यार्थीको पढाई रोकिएको हो ।

कुर्सीमा बस्ने र नबस्ने निहुँमा दैनिक विवाद भै विद्यार्थीको पढाई डामाडोल भएपछि अभिभावकहरुले विवाद यहि कुर्सीको लागि भएको भन्दै कुर्सी नै निकालेर भाँचिएिको स्थानीयबासीले बताए ।
पूर्वप्राचार्य चन्द्र लकान्द्रीका अनुसार दलित समुदायको मानिस बसेको कुर्सी भन्दै अहिलेका प्राचार्य तामाङ्ग सो कुर्सीमा बस्न नचाहेको आरोप लगाउँछन् ।
आफु दलित भएकै कारणले विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीहरुल्ले समेत हाँसेर खिल्ली उढाउने गरेको पूर्वप्राचार्य लकान्द्री बताउँछन् । अभिभावकहरु आएर कुर्सी भाँचि रहँदा समेत अन्य शिक्षकहरु हाँस्दै हेरिरहन थालेपछि लकान्द्रीले इलाका प्रहरी कार्यालय पशुपतिनगरमा आफू दलित समुदायको भएकै कारण हेपिएको भन्दै उजुरी दिएका थिए । उजुरी पछि आमअभिभावक र शिक्षक बीचको भेला बसेपछि मात्र घट्ना सार्वजनिक भएको हो ।
प्राचार्य तामाङ्गले आफुले कुनै मानिसलाई जातीय आधारमा विभेद नगरेको जिकिर गरे । आफूले कुनै प्रकारको भेदभाव गरेको भए कानुनी कारबाही सहन समेत तयार रहेको उनले बताए । उनले पूर्वप्राचार्य लकान्द्री बस्दै आएको कुर्सी हुस्सेका कारण गनाएको र बस्नलाई समेत अप्ठ्यारो भएकाले मात्र नबसेको जानकारी गराए । अन्य शिक्षक तथा विद्यार्थीले पनि विद्यालयमा जातजातिका आधारमा कसैप्रति पनि भेदभावपूर्ण व्यवहार नगरिएको बताए ।
शिक्षक अभिभावक संघका अध्यक्ष बुद्धिबहादुर ढकालका अनुसार कसैले कसैलाई जातीय बिभेद नगरेको र कार्यालय प्रमुखले आफुलाई सहज लाग्ने सामानको प्रयोग गर्न पाउने बताए । कक्षा १२ कि विद्यार्थी सृष्टी गुरुङ्गका अनुसार सरहरुले कुर्सीको कारण झगडा मात्र गरेर विद्यार्थीको पढाईमा ध्यान नदिएका कारण विद्यार्थीले नै कुर्सी फ्याँक्न लगाएको बताइन् । नाम नबताउने सर्तमा एक अभिभावक भन्छन् ‘कांग्रेस र एमाओबादी निकट शिक्षकहरुको राजनीतिका कारण विद्यार्थीले पढ्न पाएका छैनन् ।’
अभिभावकहरु महानन्द अधिकारी र रबिन कार्कीले राजनीति नै गर्ने भए विद्यालयबाट राजिनामा दिएर मैदानमा उत्रन चुनौती दिदै विद्यालयलाई राजनीतिको फोहोरी खेलबाट मुक्त राख्न आग्रह गरे । बिगत ४, ५ वर्षदेखि स्कुलले एसएलसी परीक्षामा १० प्रतिशतभन्दा माथि विद्यार्थी पास गर्न नसकेकोले पनि अन्य कुरालाई भुलेर विद्यार्थीको पढाईमा ध्यान दिन अभिभावकहरुले आग्रह गर्दै आएका छन् । लामो समयबाट बिबाद भएकोले गत शुक्रवार अभिभावक, शिक्षक, विद्यार्थी र प्रहरीको भेलाले कुर्सीका कारण भएको समस्यालाई दुई पक्षबीच कागजी सहमती गरि समस्याको समाधान गरेको छ ।
एउटा समस्या समाधान भए पनि केहि न केही बहानामा विद्यार्थीको पढाईमा ध्यान नदिने शिक्षक र त्यही बहानामा चलखेल गर्ने अभिभावकको स्वभावमा परिवर्तन नआएसम्म विद्यार्थीले राम्रोसँग पढ्न नसक्ने विद्यार्थीको बुझाई छ । प्राचार्य तामाङ्गका अनुसार विद्यालयमा उपस्थित नहुने र हाजिरी नपुगेका विद्यार्थीलाई परीक्षामा सामेल हुन नदिने भनेपनि त्यसको बिरोध गर्दै अभिभावकले उनलाई धम्क्याउने गरेका छन् ।
शिक्षकहरुको राजनीतिक चलखेल, अभिभावकको दादागिरीका कारण प्रभावकारी शिक्षण सिकाई हुन नसकेको शान्तिपुर उच्चमाविको पढाईमा सुधार गर्नका लागि शिक्षकले राजनीति र अभिभावकले दादागिरी छोड्न आवश्यक रहेको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी