‘बृहत् पुस्तक प्रदर्शनी’मा एमाले अध्यक्ष ओली

‘बृहत् पुस्तक प्रदर्शनी’मा एमाले अध्यक्ष ओली

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ, १७ असोज । पठन संस्कृतिको विकास गर्न नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले कमलादीमा आयोजना गरेको ‘बृहत् पुस्तक प्रदर्शनी’को अवलोकन गरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न साहित्यिक पुस्तक खरिद गर्नुभएको छ ।

अध्यक्ष ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा, बिपी कोइरालालगायत प्रसिद्ध साहित्यकार र अन्य स्रष्टाका कृति खरिद गर्नुभयो ।

उहाँले देवकोटाको चर्चित खण्डकाव्य ‘मुनामदन’, राष्ट्रकवि माधवप्रसाद घिमिरेको शोककाव्य ‘गौरी’, बिपी कोइरालाका ‘आफ्नै कथा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, डा कुमारबहादुर जोशीको ‘देवकोटाको कविताकृतिको कालक्रमिक विवेचना’, नित्यराज पाण्डेको ‘महाकवि देवकोटा’, मदनमणि दीक्षितको ‘माधवी’, डायमण्डशमशेर राणाको ‘सेतो बाघ’, भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, यदुनाथ खनालको ‘यदुनाथ खनालका समालोचना’, लगायत दुई दर्जन पुस्तक खरिद गर्नुभयो ।
उहाँले खरिद गरेका अन्य पुस्तक डा दयाराम श्रेष्ठको ‘भीमनिधि तिवारीका रचना’, दामोदर पुडासैनी किशोरको ‘आफन्तका अनुहार’, विष्णु प्रभातद्वारा लिखित ‘गोविन्द भट्टका दार्शनिक रचना’, गोविन्द लोहनीको ‘गोविन्द लोहनीका रचना’ तथा प्रतिष्ठानको मैथिली पत्रिका ‘दीनाभद्री’ आदि थिए ।

अध्यक्ष ओलीलाई साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले प्रदर्शनीबारे अवगत गराउनुभएको थियो । दुई हप्ते सो प्रदर्शनी यही असोज २६ गतेसम्म जारी रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी