कपिलवस्तु, १७ असोज । लामो समयको बन्दका कारण विद्यार्थीको पठनपाठन अवरुद्ध भएको बताउँंदै स्थानीयवासीको दबाबपछि आजबाट कपिलवस्तुका शैक्षिक संस्था सुचारु भएका छन् ।
संविधानसभाबाट पहिलो पटक संविधान जारी भए पनि सिमाङ्कनलगायतका विषयमा गरेको सहमति मान्य नहुने भन्दै विगत ५४ दिनदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतले गरेको लगातार बन्दका कारण कपिलवस्तुका शैक्षिक संस्था बन्द भएका थिए ।
मोर्चाले एक विज्ञप्ति प्रकाशन गरी आजबाट शैक्षिक संस्था खुलाएर पठनपाठन सुचारु गर्ने बताएसँगै विद्यालय खुलेका हुन् । विद्यालय खुलेसँगै बजारमा पनि चहलपहल बढेको छ ।
नेपालीको महान चाडपर्व नजिकिएकाले तत्काल बन्द खुलाउन स्थानीयवासीले सरकार र आन्दोलनरत पक्षसँग माग समेत गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline