काठमाडौ १७ असोज ।
भारतले अघोषित रुपमा लगाउदै आएको नाकाबन्दी हिजोबाट हटाएको बताएपनि सिमानाकामा अबरोध कायमै रहेको छ ।
बीरगंजको रक्शौल नाका बाहेक अन्य नाकाहरुबाट पेट्रोलियम पदार्थ भएका ट्याङकरहरु सहज रुपमा नेपाल भित्रीएका समाचार आइरहेको भएपनि नेपाल आयल निगमले भने त्यसमा पुर्ण सत्यता नभएको बताएको छ ।
निगमले सबै नाकाहरुबाट सहज पेट्रोलियम पदार्थ नआएको जनाएको छ । निगमका प्रबक्ता दिपक बरालका अनुसार रक्शौल नाकाबाट तेल नआएसम्म आपुर्ती सहज नहुने जानकारी दिनु भयो ।
हवाई ईन्धन लगायतका सबै पेट्रोलिम पदार्थ सबै सोहि नाकाबाट उपत्यकामा आउने भएकाले अन्य नाका खुलेपनि सहज आपूर्ती नहुने उहाले बताउनु भयो ।
मिर्मिरेसँग कुरा गर्दै प्रवत्ता वरालले आज पनि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरु सीमानाकाहरुबाट सहज रुपमा नेपाल भित्रिन नसकेको बताउनु भयो । भारतले तेल लिन पुगेका मध्ये १० प्रतिशत ट्यांकरमा मात्र इन्धन भर्न दिएको छ ।
आजपनि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरु सीमानाकाहरुबाट सहज रुपमा नेपाल भित्रिन नसकेको निगमका प्रवक्त दिपक बरालले जानकारी दिनुभयो । भारतले तेल लिन पुगेका मध्ये १० प्रतिशत ट्यांकरमा मात्र इन्धन भर्न दिएको छ ।
आयल निगमका अनुसार आईओसीको रक्सौल डिपोमा पुगेका ६३ ट्यांकरमध्ये आज ५ वटा ट्यांकरमा मात्रै तेल भरेको छ । यस्तै अन्य केही नाकाबाट भने खाद्यान बोकेका ट्रकहरु नेपाल भित्रिएको जनाइएको छ ।
यसैबीच बाणिज्य तथा आपुर्ति मन्त्रालयका उपसचिब शिब प्रशाद त्रिपाठीले पेट्रोलीयम पदार्थ लोड नै नपाएको जनाउदै यदि लोड पाए पनि उपत्यकामा ल्याउन महङगो पर्ने र त्यसले माग अनुसारको आपुर्ती गर्न नसकिने हुदा सहज हुने अवस्था नरहेको बताउनु भयो ।
उपसचिव त्रिपाठीले भन्नु भयो जव सम्म सहज रुपमा पेट्रोलीयम पदार्थ लोड भई रक्सौल नामाबाट आउदैन तब सम्म उपत्यकामा पेट्रोलीयम पदार्थको समस्या कायमै रहन्छ ।
रक्सौल नाका खोलेर सहज लोड गरी पेट्रोलीयम पदार्थ ल्याउन पहल गरीरहेको पनि उहाले बताउनु भयो ।
नेपालमा घोषणा भएको संविधानमा मधेसका केही मुद्दा सम्बोधन नभएको भन्दै छिमेकी मुलुक भारतले झण्डै दुई सातादेखि नाकाबन्दी गर्दै आएको थियो ।
सिमानाकामा रहेको अवरोध हटाउन भारतले हिजो नै निर्देशन दिएको बताएपनि आज पनि अबरोध कायम रहेको निगमले जनाएको छ ।
नाकाबन्दीको विरुद्धमा देशव्यापी रुपमा जनता उत्रिएका छन् ।