काठमाडौं, १७ असोज ।
गए राति समपन्न स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेभिल्लासँग २–१ ले पराजित भएको छ ।
माइकल क्रोन डेलीले ५२ औं मिनेटमा आफ्नो टिमलाई दिलाएको सुरुवाति अग्रसासंगै त्यसको ६ मिनेटपछि विसेन्टे आइबोराले अग्रता दोब्बर पारे ।
बार्सिलोनाका लागि ७४ औं मिनेटमा नेइमारले पेनल्टी मार्फत गोल गरे पनि हार जीतका लागि त्यो प्रर्याप्त हुन सके । स्टार स्टाइकर लियोनल मेस्सी घुँडाको चोटका कारण मैदानबाट बाहिरिएका कारण बार्सिलोनाले यो हार व्यहोरेको हो ।
हारपछि सात खेलबाट १५ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा रहदा समान सात खेलबाट ८ अंक जोडेको सेभिल्ला ११ औं स्थानमा छ ।
बार्सिलोना पहिलो स्थानको भिल्लारियल भन्दा एक अंकले पछि छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

