काठमाडौं, १६ असोज ।
रियल मड्रिडले क्लबका सर्वाधिक गोलकर्ता क्रिष्टियानो रोनाल्डोलाई बर्नबेउमा एक विशेष कार्यक्रमका बीच रोनाल्डोलाई सम्मानित गरेको हो । रोनाल्डोका परिवारका सदस्य पनि सहभागी भएको कार्यक्रममा क्लबले उनलाई एक विशेष ट्रफीले सम्मानित गरेको हो ।
रियल मड्रिडका लागि मात्रै ३ सय ९ खेलबाट तीन सय २३ गोल गरेर क्लबका सर्वकालिन सर्वा्धिक गोलकर्ता राउल गोन्जालेजको कीर्तिमानसँग बराबरी गरेका छन । कार्यक्रममा रोनाल्डोको रियल मड्रिडका प्रमुख फ्लोरेन्टिनो पेरेजले पोर्चुगिज स्टाइकर रोनाल्डोको खेल कौशलको प्रशंसा गरेका थिए ।
रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत गत बुधबार राति भएको खेलमा स्वीस क्लब माल्मो एफएफ विरुद्ध दुई गोल गर्दै आफ्नो करिअरको पाँच सय र पाँच सय एक तथा रियल मड्रिडका लागि ३ सय २३ गोलको आँकडा बनाएका हुन् ।
सन् २००९ मा पहिलो पटक रियल मड्रिडको जर्सी लगाएका रोनाल्डोले आफू निकै खुशी भएको र सम्मान प्राप्त गर्नु आफ्ना लागि निकै गर्वको विषय भएको बताए ।
