रियल मड्रिडका लागि सर्वाधिक गोलकर्ता रोनाल्डो सम्मानित

रियल मड्रिडका लागि सर्वाधिक गोलकर्ता रोनाल्डो सम्मानित

  • शनिबार, अशोज १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, १६ असोज ।

रियल मड्रिडले क्लबका सर्वाधिक गोलकर्ता क्रिष्टियानो रोनाल्डोलाई बर्नबेउमा एक विशेष कार्यक्रमका बीच रोनाल्डोलाई सम्मानित गरेको हो । रोनाल्डोका परिवारका सदस्य पनि सहभागी भएको कार्यक्रममा क्लबले उनलाई एक विशेष ट्रफीले सम्मानित गरेको हो ।

रियल मड्रिडका लागि मात्रै ३ सय ९ खेलबाट तीन सय २३ गोल गरेर क्लबका सर्वकालिन सर्वा्धिक गोलकर्ता राउल गोन्जालेजको कीर्तिमानसँग बराबरी गरेका छन । कार्यक्रममा रोनाल्डोको रियल मड्रिडका प्रमुख फ्लोरेन्टिनो पेरेजले पोर्चुगिज स्टाइकर रोनाल्डोको खेल कौशलको प्रशंसा गरेका थिए ।

रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत गत बुधबार राति भएको खेलमा स्वीस क्लब माल्मो एफएफ विरुद्ध दुई गोल गर्दै आफ्नो करिअरको पाँच सय र पाँच सय एक तथा रियल मड्रिडका लागि ३ सय २३ गोलको आँकडा बनाएका हुन् ।

सन् २००९ मा पहिलो पटक रियल मड्रिडको जर्सी लगाएका रोनाल्डोले आफू निकै खुशी भएको र सम्मान प्राप्त गर्नु आफ्ना लागि निकै गर्वको विषय भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी