विप्लव माओवादी निकट विद्यार्थी संगठनको अध्यक्षमा पूर्णबहादुर सिंह

विप्लव माओवादी निकट विद्यार्थी संगठनको अध्यक्षमा पूर्णबहादुर सिंह

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौं, १४ असोज ।

विप्लव माओवादी निकट विद्यार्थी संगठनको २० औं राष्ट्रिय सम्मेलनवाट बुधवार पूर्णबहादुर सिंहको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

भरतपुर क्यान्सर अस्पतालको सभाहलमा दुई दिन सम्म चलेको राष्ट्रिय सम्मेलनवाट अध्यक्षमा पूणबहादुर सिंह महासचिवमा दिपेन्द्र चलाउने रहेको केन्द्रिय समितिमा केवी मल्ल, चक्र विसी, धनबहादुर विश्वकर्मा, आस्था घिमेरे, सुनिता वम, ललित चन्द, प्रकाश चन्द, माधव डिसी लगाएतका ८५ सदस्यहरु रहेका छन् ।

नेपाली विद्यार्थी आन्दोलनमा लामो ईतिहास रहेको संगठनको २० औ राष्ट्रिय सम्मेलनले संगठनको विधान र नीति तथा कार्यक्रम पास गरेको नव निनर्वा्चित अध्यक्ष पूर्णबहादुर सिंहले वताए ।

अध्यक्ष सिंहले नेपाली शैक्षिक आन्दोलनका बाँकी अविभाराहरुलाई पुरा गर्न सम्मेलनवाट निर्वाचित नयाँ कार्य समिति जस्तो सुकै पनि मुल्य चुकाउन तयार रहेको बताउनुभयो ।

बुधवार राति अवेर सम्म चलेको राष्ट्रिय सम्मेलनको अन्तमा प्रमुख अथिति खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले नयाँ केन्द्रिय समितिलाई सपथग्रहण गराउनुभएको थियो ।

विहीवार नै केन्द्रिय समितिको बैठक बसि आवश्यक निर्णय लिएर समिति अगाडी वढ्ने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ