सैनिक विमान मार्फत बंगलादेशबाट तेल ल्याउन सुझाव

सैनिक विमान मार्फत बंगलादेशबाट तेल ल्याउन सुझाव

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

आश्विन १४काठमाण्डौंं ।
आन्तरिक उडानलाई प्रभावित हुन नदिन बंगलादेशबाट रसीयन विमान क्यानडीड, चिनिया र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने सरकारले तयारी गरेको छ ।
भारतले गरेको नाकाबन्दीका कारण हवाई इन्धन आपूर्ति रोकिएपछि सरकारी अधिकारीहरुले बंगलादेशबाट एयर लिफ्टीङ मार्फत् इन्धन खरिद गरेर ल्याउन त्यसको लागत, प्राविधिक खर्च सबैको विवरण सरकारले दिन भनेको छ ।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठन भएको प्राविधिक समितिले चारवटा इन्जिन भएको रसियन विमान इलुसीन आइएल– ७६ विमान भाडामा लिई हवाई इन्धन आपूर्ति गर्न सकिने सिफारिस गरेको छ । वाणिज्य, गृह, पर्यटन र अर्थ मन्त्रालयको सचिवस्तरीय बैठकले मंगलबार गठन गरेको ७ सदस्यीय प्राविधिक समितिले यसलाई तत्काल गर्न सकिने सुझाव दिएको छ ।
व्यापारिक प्रयोजनका लागि बनाईएको यो विमानले दुर्गम स्थानमा सैनिक कार्गो गर्छ ।
प्राविधिक समितिले पहिलो उपाय सम्भव नभए चीन र अमेरिकी सैनिक विमानबाट तेल आपुर्ती गर्न सकिने दोस्रो उपाय विकल्प दिएको छ ।
लडाईमा बन्दोबस्ती लगायत कार्गो बोक्ने यो विमानले ७० हजार किलोग्रामसम्म कार्गो बोक्न सक्छ ।
सरकारी अधिकारीहरुले युद्ध सामाग्री बोक्ने सैनिक विमानले ढाकादेखि हवाई इन्धन ल्याउनु परे ४० देखि ५० हजार लिटरसम्म तेल बोक्न सक्ने निष्कर्ष निकालेका छन् ।
बैठकले यसबाहेक एमआई(१७ हेलिकप्टरबाट पनि हवाई इन्धन आपुर्ती गर्न सकिने भनेको छ ।
एमआई १७ हेलिकप्टर नेपाली सेना र श्री एयरलायन्ससँग छन् ।
यसैबीच प्राविधिक समितिको बैठकले नेपाल वायुसेवा निगमको बोइङ्ग ७५७ बाट पनि इन्धन आपुर्ती गर्न सकिने भनेको छ । तर रसीयन विमान वा चिनियाँ र अमेरिकी सैनिक विमानबाट आपुर्ती गर्न अन्य दुई उपायभन्दा बढी प्रभावकारी हुने निष्कर्ष समितिको रहेको छ ।
हाल काठमाडौंबाट ४० वटा विमानले दैनिक ३ सय हाराहारी आन्तरिक उडान गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी