पाठेघर फुटेको अवस्थामा बयलपाटा अस्पताल सल्यक्रिया मार्फत सुत्केर गराएर ज्यान जोगाउन सफल 

पाठेघर फुटेको अवस्थामा बयलपाटा अस्पताल सल्यक्रिया मार्फत सुत्केर गराएर ज्यान जोगाउन सफल 

  • शुक्रबार, अशोज ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

 ८ असोज, अछाम
बाजुरा छताराकी एक महीलाको पाठेघर फुटेको अवस्थामा बयलपाटा अस्पताल सल्यक्रिया मार्फत सुत्केर गराएर ज्यान जोगाउन सफल भएको छ ।

बाजुरा जिल्लाको छतारा गावीस वडा ९ निवासी २५ जोगेनी बुढाको दोस्रो बच्चा जन्माउने क्रममा बेलैमा बयलपाटा अस्पतालमा पुर्याईपछी पाठेघरको अगाडीको भाग फुटीसकेको अवस्थामा पनी ज्यान जोगीन सफल भएको हो ।

मंगलबार सुत्केरी व्यथा लागेपछी उहाका श्रीमान जोगी बुढाले आफन्तहरुको सहयोगमा छतारा स्वास्थ्य चौकीमा पुर्याउनुभएको थियो ।

त्यहा बच्चा सुत्केरी गराउन नसकेपछी स्वस्थ्य संस्थाले बयलपाटा अस्पताल रिफर गरेको थियो । धेरै रगत बगीसकेको अवस्थामा ४८ घण्टा पछी पुगेपनी समयमै सल्यक्रिया गरेर ज्यान जोगाउन सफल भएको न्याय हेल्थ बयलपाटा अस्पतालका मेडीकल निर्देशक डाक्टर बिकास गौचनले बताउनुभयो ।

पाठेघरको अगाडी पट्टीको भाग पुरै फुटीसकेकाले बच्चा पनी पेटभीत्र मरीसकेको थियो । मृतक बालकलाई सल्यक्रिया गरी पेटबाट बाहीर निकालीएको डाक्टर गौचनको भनाई छ ।

सल्यक्रिया सफल भएपछी अहीले पेटभीत्र पाईप राखीएको र गएराती देखी ४८ घण्टासम्म पनी खतरा कायमै रहेको अस्पतालको भनाई छ । अस्पतालका अनुसार बिरामीलाई सन्चो हुन कम्तीमा १० दिन लाग्ने बताईएको छ । हिजो दिउसो करीब साढे ३ बजेतीर अस्पताल पुर्याइएकी बुढाको १५ मिनेटमै सल्यक्रिया गरीएको थियो ।

सल्यक्रिया टोलीमा मेडीकल निर्देशक डाक्टर गौचन संगै सन्तोष कुमार ढुंगाना, बिप्लव श्रेष्ठ, हेल्थ असीस्टेन्ट तारामान कुवर, स्टाप नर्श राजेस्वरी चौधरी, पुजा थापा र सहयोगी लक्ष्मी बिकले महत्वपुर्ण भुमीका खेलेको अस्पतालले जनाएको छ ।

यस्तै केश यस अघी बाजुराको छतारबाट नै ९ महीना अगाडी आएको थियो । उक्त केशमा भने महीलाको अवस्था एकदमै खतरमा रहेकाले पुन गर्धाधारण नहुने गरी नै पुरै पाठेघर झिकेर ज्यान जोगाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी