आजै बेलुका ९ बजेबाट चालू अधिवेशनको अन्त्य हुने

आजै बेलुका ९ बजेबाट चालू अधिवेशनको अन्त्य हुने

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, २ असोज । व्यवस्थापिका संसदको चालू अधिवेशन आजै बेलुका ९ बजेबाट अन्त्य गरिएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपति कार्यालयबाट चालू अधिवेशन अन्त्य बारे प्राप्त पत्रको व्यहोरा प्रस्तुत गर्दै जानकारी गराएका हुन् ।
गत असार १५ गतेबाट प्रारम्भ भएको चालू अधिवेशन आज असोज २ गते समाप्त भएको छ भने अधिवेशन ८२ दिन चलेको र जसमध्ये ४० दिनहरुमा ४४ पटकमा जम्मा १४१ घण्टा २० मिनेट खास कार्यमा व्यतित गरेको पनि सभामुखले बैठकलाई जानकारी गराएका छन् ।
त्यस्तै संसदको शनिबार बसेको बैठकले ‘भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी विधेयक २०७२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा समेत पठाएको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा कानुन, न्याय संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले ‘भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी विधेयक २०७२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्तावलाई प्रस्तुत गरेका थिए भने उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृति प्रदान गरेको छ ।
बैठकमा उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिका सभापति भिष्मराज आङदाम्बेले ‘उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको वार्षिक प्रतिवेदन २०७२’ सदन समक्ष पेश गरेका छन् ।
समितिले आर्थिक वर्ष २०७१÷७२ मा गरेका विभिन्न काम कारवाही समेटिएको प्रतिवेदन पेस गरिएको हो । समितिको सक्रियतामा नेपाल आयल निगममा स्वचालित मूल्य प्रणाली लागू भएको र रु २० अर्ब नाफा भएको सभापति आङदम्बेले सदनलाई जानकारी गराए ।
उद्योग व्यवसायको विकास र विस्तारका लागि विद्युत् भार कटौती गर्नुपर्ने, विभिन्न ऐन तथा नियमहरु समयमानुकल बनाउनुपर्ने, उपभोक्ताको हक र अधिकारका लागि सरकार र सरकारी निकायले ध्यान दिन नसकेको भन्दै आगामी दिनमा थप सुधार गर्नुपर्ने सभापति आङदाम्बे प्रष्ट पारेका छन् ।
तल हेर्नुस् ससदले गरेका काम कार्बाहीको विवरणः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी