कर्मचारीले नै चित्तल काटेर खाए पछि….

कर्मचारीले नै चित्तल काटेर खाए पछि….

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

भीमदत्तनगर, २ असोज । जिल्ला वन कार्यालय कञ्चनपुरका कर्मचारीले आज बिहान घाइते अवस्थामा ल्याइएको चित्तल मारेर खाएका छन् ।

शुक्रबार राति गाउँलेले लखेटेपछि घाइते भएको चित्तललाई राति नै इलाका वन रेन्ज पोस्टका प्रमुख जिवत्स यादवले घाइते चित्तल जिल्ला वन कार्यालय पु¥याएका थिए । चित्तलको उपचारको साटो वन कर्मचारीले मरिसक्यो भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि रहेको वन सुुरक्षा शाखामा काटेर खाएका हुन् ।

ऐनअनुसार घाइते अवस्थामा वन्यजन्तु फेला परे उपचार गर्नुपर्ने र मरेको अवस्थामा फेला परे वन कार्यालय, प्रहरी र पशुसेवा कार्यालयको रोहवरमा खाडलमा गाड्नुपर्ने हुन्छ । तर यहाँ सुरक्षा शाखाका प्रमुख जीतसिंह बोहरा र मानबहादुर खडायतसहित जिल्ला वन कार्यालयका कर्मचारीले भाग लगाएको मासु लिनाका साथै बिक्रीसमेत गरेका छन् ।

बिहान रासस प्रतिनिधि त्यहाँ पुग्दा सुरक्षा शाखाका सबै कर्मचारी र बाहिरबाट समेत मासु खरिदका लागि स्थानीयवासी पुगेका थिए । साथै स्थानीयवासीले खरिद गरेर चित्तलको मासु लगेका छन् । “चित्तल मरेको भए पनि रोहबरमा गाड्नुपर्ने ऐनमा व्यवस्था छ ।” वन स्रोतले भन्यो – “तर यहाँ जिल्ला वन अधिकृतहरुकै मिलेमतोमा मासु खाइएको छ ।” घटनाबारे जिल्ला वन कार्यालयका निमित्त प्रमुख वीरबहादुर ठगुन्नाले घाइते अवस्थामा ल्याइएको चित्तल आज बिहान मरेको खबर आफूकहाँ आएको बताउँदै चित्तल कर्मचारीले खाएको बारे आफूले जानकारी नभएको स्पष्ट गर्नुभयो ।

“मरे पनि रोहवरमा चित्तल गाड्नुपर्ने कानुनी प्रावधान छ ।” उहाँले भन्नुभयो, “चित्तलको छाला निकालेर गाडेपछि मुचुल्का उठाउनुपर्ने हुन्छ ।”
जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विभाग अधिकृत मदनसिंह धामीले वनबाट ल्याइएको चित्तल शुक्रबार राति नै मरेको बताउनुभयो । उहाँले चित्तल मरेको बारे प्रतिवेदन बनाए पनि कानुनी प्रावधानअनुसार गाड्नुपर्ने विषयमा वन कार्यालयले प्रक्रिया पु¥याउनुपर्ने बताउनुभयो ।

घटनालगत्तै सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले जिल्ला वन कार्यालय शाखाबाट अन्दाजी एक किलो मासु लिएर घरतर्फ गइरहेका भीमदत्तनगरपालिका–१८ का ४२ वर्षीय वीरबहादुर ठगुन्नालाई नियन्त्रणमा लिएको छ । “वनमा मासु बिक्री हँुदैछ भन्ने खबर पाएपछि किनेर ल्याएको प्रारम्भिक बयान उनले दिएका छन् ।” ब्युरोका महाकाली अञ्चल प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले भन्नुभयो,“अहिले मासुसहित जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान हुँदैछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी