पोखरा, १ असोज । नानी–शुक स्मृति प्रतिष्ठान पोखराले यस वर्षको नानी–शुक स्मृति शिक्षा सम्मान पुरस्कारबाट अर्घाखाँची ठूलापोखरा गाविस–२ का कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ ।
शिक्षा र समाजसेवामा निरन्तर लागेर उल्लेखनीय योगदान पु¥याएबापत समाजसेवी पौडेललाई रु २० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले शिक्षा र समाजसेवामा लागेका व्यक्तिलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
पोखरा, रामबजार निवासी नानुमाया र शुकमान हिराचनका स्मृतिमा उहाँका छोराहरू वीरेन्द्रकुमार, देवमान र पद्ममानले रु आठ लाखको अक्षयकोष स्थापना गरी उक्त पुरस्कार स्थापना गर्नुभएको हो । उक्त पुरस्कारबाट हालसम्म छ जना सम्मानित भइसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline