मौका परिक्षामा अछाममा ८२ दशमलव ५८ प्रतिशत उतिर्ण

मौका परिक्षामा अछाममा ८२ दशमलव ५८ प्रतिशत उतिर्ण

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

अछाम १ असोज ।

एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल आज सार्वजनिक भएको छ ।

२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि गएको साउन २० देखि ३० गतेसम्म सञ्चालन भएको मौका परिक्षामा अछाममा ८२ दशमलव ५८ प्रतिशत परिक्षार्थि उतिर्ण भएका छन ।

जम्मा २ हजार २ सय ४२ जनाले पुरक पाएकोमा २ हजार १ सय ८७ जनाले परिक्षा दिएका थिए । जसमध्ये १ हजार ८ सय ६ जना उतिर्ण भएका जिल्ला शिक्षा कार्यालय अछामका परिक्षा फाँट प्रमुख श्यामबाबु शाहले जाँनकारी दिए ।

पछिल्लो समय बिद्यार्थिमा पढ्ने बानीको विकास हुनुले उतिर्ण दर बृद्धि भएको हुनसक्ने शिक्षाको अनुमान रहेको छ । यस्तै परिक्षा हलको बातावरण र अन्य ब्यावस्थापनले गर्दा पनि उतिर्ण दरमा बृद्धि भएको जिल्ला शिक्षा कार्यालयको दावि रहेको छ ।

यसैबिच परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षामा देशभर कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेका अनुसार परीक्षामा छात्रतर्फ ५५ हजार ३८२ र छात्रातर्फ ६८ हजार ७४६ जना गरी एक लाख २४ हजार १२८ परीक्षार्थी सहभागी भएका थिए । जसमा छात्रतर्फ ३८ हजार ३९९ जना र छात्रातर्फ ४४ हजार ६७९ जना उत्तीर्ण भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी