काठमाण्डौ,३१ भदौ ।
नवलपरासीमा विगत ४० दिनदेखि बिद्यालय बन्द हँुदा बिद्यार्थीहरु मारमा परेका छन ।
लगातारको बन्दले सदरमुकाम परासीसहित जिल्लाको दक्षिण क्षेत्रका विद्यालय बन्द हँुदा बिद्यार्थी मारमा परेका छन । मधेसमा जारी आन्दोलनका कारण ती विद्यालय त्रासका कारण बन्द हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।
आन्दोलनरत पक्षले बिहानको समयमा विद्यालय सञ्चालन गर्न दिने जनाएपछि गत आइतबार एक दिनमात्र सञ्चालनमा आएका विद्यालय त्यसको भोलिपल्ट सोमबार लिटिल एन्जेल उच्च माविको बस जलाइएपछि त्रासका करण पुनः विद्यालय बन्द हुन पुगेका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline