२९ भदौ, अछाम
जिल्ला सदरमुकाम मंलगलसेनमा बाल दिवसको दिन र्याली, सभा कार्यक्रम भईरहेको समयमा अछाम जिल्लाका विभीन्न होटेल व्यवसायहरुमा १५ बर्ष मुनीका माल बालीकाहरुको प्रयोगदर बढ्दै गएको छ । १६ बर्ष मुनीका बाल बालीकाहरु कुनै पनी श्रममा लगाउन नमील्ने निती नियमको उल्लघन गरेर होटेल तथा टेस्टुरा व्यवसायीहरुले बाल बालीकाहरुलाई भाडा माझ्ने, भारी बोकाउने काममा प्रयोग गर्दै आएका छन् ।
सदरमुकाम मंगलसेनमा रहेको मनकामना कर्टेजमा अहीले २ जना १६ बर्ष मुनीका दलीत समुदायका बाल बालीकाहरु कामदाकारका रुपमा कार्यरत रहेका छन् । मंगलसेन नगरपालीका १० बर्षीय बालक राजेश टम्टाले मासीक ५ सय रुपैयामा र मंगलसेन नगरापालीका कै १४ बर्षीय बालक कमल सुनार २ हजार मासीक रुपैया पाउने गरी आफुहरु कामदारक रुपमा कार्यरत रहेको बताएका छन् । उनीहरु मध्ये राजेशका आमाबुवा भारतमा दुईटै भारतमा रोजगारीको शिलसीलामा पुग्नुभएको छ भने कमलले आमा बुवा दुईटै गुमाएका छन् । कर्टेजका सञ्चालकले भने दुई जना मध्ये राजेशलाई उनकै बुवा आमाले पढाउने जिम्मा सहीत सामान्य सहयोग गर्ने भन्दै राखीएको र कमललाई कामदारका रुपमा राखेको बताएका छन् ।
यस्तै सौगात खाजाघर मंगलसेनमा पनी १२ बर्षीय बालीका मनीषा बादी कामदारका रुपमा मासीक २ हजारका दरले काम गर्दै आउनुभएको छ । यस्तै प्रकाश मिष्टान्न भण्डार मंगलसेनमा पनी सुतार गावीसका १३ बर्षीय राम बहादुर भण्डारी संगै अरु २ देखी ३ जना १६ बर्ष मुनीका बाल बालीकाहरु काम गर्दे आएका छन् ।
होटेल व्यवसायीहरुले १६ बर्ष भन्दा कम उमेरको बाल बालीकालाई कुनै पनी श्रममा लगाउनु हुदैन भन्ने कुरा जानी जानी पनी प्रयोग गरीरहेका छन् । सदरमुकाम मंगललेनको बाल बालीका प्रयोग गरीएको होटेलमा यसबारे कुरा गर्दा होटेल सञ्चालकहरु बाल बालीकाका आमा बावुहरुले कामदाराक रुपमा राख्न अनुरोध गरेपछी राखेको बताएका छन् ।
नेपाल सरकार र गैरसरकारी सघसंस्थाहरुले राष्ट्रिय बाल दिवस मनाइरहँदा अछाम जिल्लामा भने अहीले पनी ३९ जना बाल बालीकाहरु श्रमीकका रुपमा प्रयोग भइरहेका छन् । जिल्ला सदरमुकाम मंगलसेन र मुख्य व्यापारीक केन्द्र साफेवगरका विभीन्न होटेलहरुमा कामदारका रुपमा प्रयोग भईरहेको जिल्ला बाल कल्याण समीतीले जनाएको छ ।
जिल्लाका केही होटेलमा बाहेक अधीकांश होटल तथा रेष्टुरेण्टमा बालबालिकाको प्रयोग अत्याधीक प्रयोग भईरहेको हो । गरिबी, पारिवारिक विचलन, देखासिकी, घरपरिवारको बेवास्ता लगायतका कारणले पूर्णरूपमा बाल बालीकाहरुले श्रममा आश्रीत हुनुपरेको बाल बालीका र उनका आफ्न्तहरुले बताएका छन् । जिल्लाका विभीन्न होटेलहरुमा कामदारकहरुका रुपमा प्रयोग गरीएका बाल बालीकाहरुलाई पहल गरेर ति बाल बालीकाहरुको पुर्नस्थापना गर्ने तयारी भइरहेको जिल्ला बाल अधीकार अधीकृत प्रेम बुढाले बताउनुभयो । होटेल रेष्टुरामा काम गर्ने बाल बालीकाहरु मध्ये केही गैर दलील समुदायका बाल बालीकाहरु सहभागी भएपनी अधीकांश दलीत समयुदायका भेटीन्छन् । तर केहीजसो बाल बालीकाहरु कहीकतैबाट सहारा नपाउदा र घरकाहरुले नै काम गर्न पठाउदा यसरी काम गर्दै आएका छन् ।
क्याप्सनः अछामको सदरमुकाम मंगलसेनमा रहेको मनकामना र्कटेजमा मंगलसेन नगरपालीकाका रु ५ सयमा कामदारका रुपमा कार्यरत १० बर्षीय बालक राजेश टम्टा ।।