महिला बेचबिखनमा संलग्न दुई पक्राउ

महिला बेचबिखनमा संलग्न दुई पक्राउ

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, ३० भदौ । भारतको दिल्लीस्थित गुडगाउँमा साउदी अरेबियाको दूतावासका कर्मचारीको कोठामा बन्धक बनाएर दुई महिलालाई जर्बजस्ती यौनशोषण गर्ने घटनामा ती महिलालाई बेचबिखन गर्ने कार्यमा संलग्न दुई व्यक्ति लाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ कपन बस्ने मोरङकी ३३ वर्षीया ‘कल्पना परियार’ भन्ने कल्पना लिम्बू र कास्की पोखरा उपमहानगरपालिका हस्पिटल चोक बस्ने बागलुङका ४२ वर्षीय ‘कृष्ण’ भन्ने जीतबहादुर दर्जीलाई पक्राउ गरेको हो ।

कल्पनालाई रामबजार पोखराबाट र जीतबहादुरलाई काठमाडौँ कपनबाट मङ्गलबार पक्राउ गरी काठमाडौँ जिल्ला अदालतसमक्ष पेस गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) अपराध अन्तर्गत मुद्दा दर्ता गरी म्याद लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

‘पीडितलाई साउदी अरबमा राम्रो तलब हुन्छ, घरेलु कामदारको जागिर हो’ भनी आफ्नै सासु र अर्को एक महिलालाई प्रलोभनमा पारी लगेको अनुसन्धानको क्रममा खुलेको छ ।

पीडितलाई भारतको नयाँ दिल्ली लगि रु एक ÷एक लाखमा नेपाली तथा भारतीय गिरोहलाई बिक्री गरेको र पीडितलाई भारतको मुम्बई, श्रीलङ्का हुँदै साउदी अरब लगि एक महिनासम्म होटलमा राखी पुनः भारतको नयाँ दिल्ली ल्याई गुडगाउँस्थित अपार्टमेन्टमा शरीर बन्धक बनाइ विगत तीन महिनादेखि यौन शोषण गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको व्युरोले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी