३० भाद्र धरान
सम्यक शिक्षा समुह धरानद्धारा छात्रबृत्ति परियोजना अन्र्तगत २०६९ सालमा स्थापित गरिएको सम्यक छात्रबृत्ति कोषमा धरानका बिभिन्न ब्यक्ति तथा संस्थावाट सहयोग हस्तान्तरण गरिएको छ ।
धरान ७ निवासी समाजसेबी पंजु शाक्य र आउट अफ धराने नामक संस्थाले छुटटा छुटटै सहयोग हस्तान्तरण गरेको हो ।
आज धरान १२ स्थित होटल किचन सम्राटमा एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा आर्थिक अभावमा कुनैपनि बालबालिका पढ्नबाट बञ्चित हुन नपरोस भन्ने अभिप्रायले सहयोगको रकम अगाडी बढाएको आउट अफ धरानेका उपाध्यक्ष भिम बराईलीले बताउनु भयो ।
उहाँले शिक्षामा गरेको लगानी कहिले पनि खेर नजाने भन्दै आफुहरुले सहयोग गरेको बताउनु भयो ।
उहाले कतारमा रहेका धरानेहरु धरानका लागी समाजीक क्षेत्रमा केही गर्नै उदेश्य राखी स्ंथाको स्थापना गरेको र धरानकै भबिष्यलाई मध्य नजर गरि काम गरिरहेको बताउनु भयो ।
त्यस्तै सोही कार्यक्रममा सम्यक शिक्षा समुहका निबर्तमान अध्यक्ष सन्दीप शाक्यले आफुले धेरै समय पहिलेबाट छात्रबृतिका लागी सोच बनाईएपनि प्राबिधिक कारण बस कोष स्थापनामा केही समय ढिलो भएको बताउनु भयो
उहाले हाल सम्ममा २२ जना बालबालिकालाई पुर्ण छात्रबृति प्रदान गरिसकेको र भबिष्यमा सय जना बालबालिकाका लागी छात्रबृति प्रदान गर्नै योजना रहेको बताउनु भयो ।
उहाले देश तथा बिदेशमा गरि चिनजान भएका तथा नभएकाहरुले पनि सहयोगको हात बढाएकोले कोष स्थापनाको लक्ष्य चाडै नै पुरा हुने बताउनु भयो ।
कार्यक्रममा आउट आफ धरानेले १२ हजार ५ सय तथा समजसेबी पंजु शाक्यले ५ हजार ५ सय रुपैया सहयोग हस्तान्तरण गर्नु भएको थियो ।