हिन्दु महिलाहरुले मनाए तीज ( फोटो सहित )

हिन्दु महिलाहरुले मनाए तीज ( फोटो सहित )

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौ ३० भदौ ।
आज हरितालीका तिज । नेपाली हिन्दु नारीहरुले देवाधिदेव महादेवको पूजा अर्चना र व्रत बसि हर्षोल्लासका साथ मनाएका छन् ।
खास गरी पशुपति सहित देशै भरका मन्दिरहरुमा महिलाहरुको ठूलो घुईचो देखियो । उनीहरुले रातो सारी लगाएर घरैमा बसेर पनि छम छम नाचेका छन् ।

हिमालयकी छोरी पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको मानिन्छ ।

आज महिलाहरू सबेरै स्नान गरी शुद्ध वस्त्र पहिरेर शिव मन्दिरहरुमा गई शिव–पार्वतीको पूर्जाअर्चना गर्ने चलन छ । तीज अवधिभर महिलाहरू सौभाग्यको प्रतिक रातो पहिरनमा सजिन्छन् ।

यस पर्वमा पानीसमेत नखाई विवाहित महिलाहरु शिवको पूजा आराधना गर्दै आफ्ना पतिको दिर्घायुको कामना गरी ब्रत बस्दछन् भने अविवाहित महिलाहरु सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ ब्रत बस्ने गर्दछन ।

यस दिन जलसमेत नखाई ब्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन बेलुकी नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी दर खाने प्रचलन छ ।

यसैबीच आज राजधानीको पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयहरुमा दर्शनार्थीहरुको बिहानैबाट घुइचो लागेको थियो ।
व्रतालु महिलाका लागि व्यवस्थित ढङ्गले दर्शन गराउन पशुपतिनाथ मन्दिरमा तीनतिरबाट लाइनको व्यवस्था गरिएको थियो ।


यसै गरी ललितपुरको कुम्भेश्वरमा पनि तीजका अवसरमा महिलाहरुले पूजा गरी मनाएका छन् । कुम्भेस्वरमा महिलाहरुको ठूलो घुईचो लागेको थियो ।
उता उदयपुरमा महिला दिदीवहिनीहरुले नाँचगान र पूजाआरधनाका साथ हरितालिका तीज पर्व भब्यताका साथ मनाएका छन् ।
जिल्लाको विभिन्न ठाउँबाट जम्मा भएका महिलाहरुले गाईघाटको लोकतान्त्रिक चौकमा तीज कार्यक्रमको आयोजना गरी नाँचगानका साथ मनाएका थिए । रातो सारी चोला, हरियो पोते र चुरामा सजिएका महिलाहरुले तीज सम्बन्धी गितहरु गाउँदै नाँचेका थिए ।


सदरमुकाम गाईघाट र आसपासमा रहेका शिव मन्दिरहरुमा पूजा आराधाना गरी जम्मा भएका महिलाहरुले गीतकै माध्यमबाट शुभकामना आदानप्रदान गरेका थिए ।
उनीहरुले गीतकै माध्यमबाट महिलामैत्री संविधानको माग समेत गरेका छन् ।

महिला हिंसाको अन्त्य गरी समृद्ध समाज निर्माणका लागि तीजको सन्देश महत्वपूर्ण हुने भन्दै उनीहरुले आप्mनो दुःख पिडाको भाव पनि ब्यक्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी